Dabali News

कालिकोटमा युवा सूचना केन्द्रः युवाहरुमा ज्ञानको विकास, सही बाटोमा अग्रसर

२५ बैशाख

कालीकोट । अति दुर्गम ग्रामिण क्षेत्रमा युवा सूचना केन्द्र स्थापना भएपछि स्थानीय युवाहरुलाई राहत हुन थालेको छ ।

जिल्लाका तिला गुफा नगरपालिका र नरहरिनाथ गाउँपालिकामा संचालमा रहेका केन्द्रबाट स्थानीय युवाहरुले हरेक खालका सूचना पाउने र सोहीअनुसार हरेक खालका अवसरदेखि सचेतनाका क्रियाकलामा सहजता ल्याएको बताएका छन् । स्थानीय युवाहरुलाई रोजगारीका अवसरको खोजी गर्ने, समाजमा चेतना अभिबृद्धि गर्नुका साथै ग्रामिण क्षेत्रमा हुने विभिन्न खालका विसंगति, बिकृतिहरुलाई रोक्नका लागि कार्यक्रम संचालन गर्ने र विभिन्न सरोकारवाला निकायले गर्ने विकास निर्माणका कामहरुमा अनियमितता भएमा खबदारीसँगै सामाजिक रुपमा अभियान संचालन गर्न थालेपछि स्थानीयहरुमा समेत हौसला जगाएको छ ।

जिल्लाको नरहरिनाथ गाउँपालिकाको–२ डाँडाखलामा संचालनमा ल्याएको युवा सुचना केन्द्रले प्रविधिको प्रयोगसँगै देश विदेशमा भएका राम्रा काम तथा अबसरको जानकारी गराउनुका साथै स्वदेशमा कृषि उद्यम गरेर व्यवसायीक बनेका युवाहरुको राम्रा कुराको प्रचार प्रसार गर्न थालेपछि युवाहरु त्यसतर्फ आकर्षित हुन थालेका हुन ।

युवा सूचना केन्द्रमा इन्टरनेटमार्फत देश विदेशका युवाहरुले गरेका क्रियाकलापको जानकारी पाउँदै आएका छन् । दैनिक क्रियाकलापमा समेत युवाहरुलाई केन्द्र सहयोगी बनेका छन् । इन्टरनेटको माध्यमबाट आफूले जान्न चाहेका नयाँ विषयमा जानकारी लिइरहेको केन्द्रका संचालक तथा ग्रामिण युवा विकास युवा क्लवका अध्यक्ष नवराज बुढा बताउँछन् । उनका अनुसार अहिले केन्द्रबाट कम्प्युटर तालिम, फोटो प्रिन्ट, फोटोकपी, इमेल, लेमिनेशन, डिसहोमलगायतको सेवा दिँदै आएको छ ।

जिल्लाको दोस्रो सूचना केन्द्रका रुपमा आफुहरुले संचालन गर्दै आएको विगत एक वर्षदेखि आफुहरुले सूचना दिने र अरुबाट ल्याएको सूचनाहरु सामाजिक संजालमा पठाउने गरेको अध्यक्ष बुढाको भनाई छ ।

“सेभ दि चिल्ड्रेन नेपालको आर्थिक सहयोग तथा स्थानीय सस्ंथा भिडिसेफ नेपालको समन्वयमा युवा सूचना केन्द्रका लागि पाँच लाख बराबरको सामागिहरु (कम्प्युटर, फोटोकपी, क्यामरा, फर्निचर सामाग्रीहरु, सोलार सेट ९ सय वाट, डिस होम, इन्टरनेटका लागि स्काई प्रो) लगायतका सामान पाएको र अहिले युवाहरुलाई सचेतना कार्यक्रम गर्दै कुलतबाट हटाएर राम्रो व्यवसाय गर्नतर्फ क्रियाकलापहरु गर्दै आएको छ” बुढाले भने ।

नरहरिनाथ गाउँपालिकामा केन्द्रमार्फत एक दर्जनबदी युवाहरु स्वरोजगार बन्न सफल भएको भिडिसेफ नेपालका विकास सुपरिवेक्षक शंकर उपाध्यायले जानकारी दिए । गाउँमा बेरोजगार भएर भौतारिरहेका युवाहरुलाई सूचनाको पहुँचमा ल्याउने र ति युवाहरुलाई शसक्तिकरण गर्दै सहि बाटोमा ल्याउनका लागि पहल गर्ने काम केन्द्रले गर्दै आएको उपाध्यायले बताए । आफुहरुले १८ देखि २२ वर्षका युवाहरुलाई समयमा सहि मार्गमा लागेर व्यवसायीक बन्दै आत्मनिर्भर हुने उद्देश्यका साथ युवा सुचना केन्द्र संचालनमा ल्याएको उनको भनाई छ ।

ग्रामिण क्षेत्रमा पछिल्लो समयमा युवाहरु वेरोजगारको नाममा बैदेशिक रोजगारमा विदेश जाने क्रम बढेकोले उनिहरुले गर्ने आँट भएका युवाहरुलाई गाउँमा केही गर्ने सक्नेतर्फ सचेतना गराउन युवा सूचना केन्द्रले ठूलो काम गरेको बताए ।

नरहरिनाथ गाउँपालिकाका वडा न.२ का वडाध्यक्ष प्रेम दर्जिले गाउँमा युवा सूचना केन्द्र स्थापना भएपछि युवाहरुले केही ज्ञान हासिल गरेको र विभिन्न संस्थाहरुसँग समन्वय तथा सहयोगमार्फत आत्मनिर्भर बन्नका लागि अग्रसर हुन थालेको बताए । यसअघि जिल्लाका रास्कोट,मान्म र कुमालगाउँलगायतका ठाउँमा संचालनमा आएका युवा सूचना केन्द्रमा लुछाचुडि हुँदा समस्या आउने गरेको भएपनि युवाहरुको सक्रियतामा तिला गुफा नगरपालिका र नरहरिनाथमा संचालनमा आएका केन्द्रहरु व्यवस्थित ढंगले संचालनमा आएको सरोकारवाला निकायले बताउँछन् ।

  • तस्वीरः रुपेन्द्र ऐडी
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]