Dabali News

२५ वर्षीय मधुमिताको तलब एक करोड ८५ लाख 

२५ बैशाख

काठमाडौं । भारतीय एक युवतीलाई गूगलले अाकर्षक तलव दिने भएको छ । भर्खरै २५ वर्षकी मधुमिता कुमारलाई गुगलले वार्षिक एक करोड ८५ लाख रुपैयाँ तिर्नेगरी कम्पनीमा भित्रको छ । तुलनात्मक रुपमा यो निकै आकर्षक कमाई हो ।

भारतीय संचारमाध्यमहरुका अनुसार सोमबार उनलाई उक्त तलब प्याकेजमा गूगलले स्विट्जरल्यान्डको जुरिखस्थित कार्यालयमा टेक्निकल सोलुसन इन्जिनियरको रुपमा नियुक्त गरेको छ । गूगलमा काम सुरु गर्नुअघि उनी बेङ्गलुरुमा एपीजी कम्पनीमा थिइन्। उनका पिता सुरेन्द्रकुमार शर्माकाअनुसार पछिल्ला दिनहरुमा मधुमितालाई अम्याजन, माइक्रोसफ्ट एवं मर्सि्डिजसहितका कम्पनीहरुले अफर गरेका थिए।

मधुमिता पटनासँग जोडिएको क्षेत्रकी हुन् । उनका बुबा सुरुमा उनलाई इन्जिनियरिङ पढाउन तयार थिएनन्। आज उनी छोरीको सफलताको उत्सव मनाइरहेका छन् । ‘सुरुमा मैले भनेको थिएँ इन्जिनियरिङको फिल्ड केटीहरुका लागि होइन। पछि मैले देखेँ धेरै केटीहरु यो फिल्डको अध्ययनमा भएको देखेँ। तत्कालै भर्ना गरिदिएँ’ मधुमिताका बुबा सुरेन्द्रले भने ।

डिएभी स्कूलकी छात्रामधुमिताले जयपुरको आर्या कलेज अफ इन्जिनियरिङ तथा टेक्नोलोजीबाट कम्प्युटर साइन्समा इन्जिनियरिङको पढाई पूरा गरेकी हुन्। सन् २०१०–२०१४ उनको ब्याच थियो। त्यसअघि उनको अध्ययन डिएभी, वाल्मी स्कूलमा भएको हो। परिवारबाटै देश बाहिर जाने उनी पहिलो व्यक्ति हुन्। उनी यसै वर्ष फेब्रुअरीमा अमेरिका गएकी थिइन्।

गणित, फिजिक्स र भौतिक विज्ञानमा तेजस्कूलको पढाई अब्बल मधुमिता गणित, फिजिक्स तथा भौतिक विज्ञानमा तेज थिइन् । वक्तृत्व कलामा उनी भाग लिन्थिन् । स्कूल पढुन्जेलसम्म उनको सपना प्रशासन सेवाको अधिकृत बन्ने थियो । तर पछि उनले इन्जिनियरिङ रोजेर आफ्नो करिअरलाई अलग मोड दिइन् ।

मधुमिताभन्दा अगाडि बिहारकै वात्सल्य सिंहलाई माइक्रोसफ्टले करिब दुई करोड रुपैयाँ तलबमा लिएको थियो। दुई वर्ष पहिलो माइक्रोसफ्टबाट यो अफर पाउँदा वात्सल्य आइआइटी खड्गपुरमा अन्तिम वर्षकी विद्यार्थी थिइन्। ‘मधुमिताले १२ कक्षमा ८६ प्रतिशत अंक पाएकी थिइन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]