Dabali News

कर्णालीका मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव जुवा खालबाट फरार ! काँग्रेस नेता पक्राउ

२३ बैशाख

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव वीरबहादुर कुँवर ‘सुरेश पहाडी’ जुवा खालबाट फरार भएका छन् । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा– ९ लाटिकोईलीस्थित काँग्रेस नेताको घरमा जुवा खेलिरहेका सचिव कुँवर फरार भएका हुन् । जुवा खालबाट काँग्रेस नेतासहति तीन जनालाई पक्राउ परेको सुर्खेत प्रहरीले जनाएको छ ।

बिशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा काँग्रेस नेता तथा घनधनी ५९ वर्षीय कालिप्रसाद शाक्य, ५५ वर्षीय दानबहादुर गुरुङलाई जुवा खालबाट पक्राउ गरेको छ भने एक जनाको नाम खुल्न सकेको छैन । जुवा खालबाट प्रहरीले ३४ हजार पाँच सय नगद पनि नयन्त्रणमा लिएको छ । उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासतमा राखिएको छ ।

जुवा खालबाट प्रमुख स्वकीय सचिव कुँवर भाग्न सफल भएपनि उनको मोबाइल प्रहरीले बरामद गरेको बताइएको छ । पक्राउ परेका काँग्रेस नेताले मुख्यमन्त्री शाहीले कुँवरलाई भगाएर आफुहरुलाई मात्रै पक्राउ गराएको अारोप लगाएका छन् । सँगै जुवा खेल्दाखेल्दै कुँवर भागे लगत्तै प्रहरी अाइपुगेको बताइएको छ । मुख्यमन्त्रीकै सल्लाहमा कुँवरलाई भगाइएको काँग्रेस नेताहरुको अारोप छ ।

प्रहरीले कुँवरको ९८६८३५९५१० नम्बरको मोबाएल र पैसा भने बरामद गरेको छ । कुँवरको अर्को नम्बर ९८६०३१८२५७ मा फोन गर्दा सम्पर्क हुन सकेन ।

घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठसँग राति सम्पर्क गरेका थियौं । श्रेष्ठले तीन जनालाई जुवा खालबाट पक्राउ गरिएको र केही व्यक्ति पछडिबाट भागेको बताए । उनले पक्राउ परेका व्यक्तिले भाग्‍नेको नाम नभनेका कारण भाग्‍ने व्यक्ति कुँवर नै हो भन्न नसकिने बताए । उनीहरुसँग सोधपुछ भइरेको समेत श्रेष्ठले बताए । भागेको व्यक्ति नाम पत्‍ता लागे घरबाटै पक्राउ गर्ने समेत श्रेष्ठले बताए ।

‘पछाडिको वालबाट भाग्‍न नसक्नेहरु मात्रै पक्राउ परेजस्तो छ, यसबारे थप अनुसन्धन भइरहेको छ’ श्रेष्ठले अनलाइन डबलीसँग भने  ।

यो पनि पढ्नुहोस्

कर्णालीका मुख्यमन्त्रीले सुर्खेत जेल ब्रेकका कमाण्डरलाई मध्यराति क्‍वाटरबाट निकालिदिए…

यी हुन् कर्णालीका मुख्यमन्त्रीकी श्रीमति, जसले घरमै बसीबसी १८ लाख कुम्ल्याइन्

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]