Dabali News

मार्क्स जन्मेकै दिन माओवादी केन्द्र फेरि फुट्‍यो, अाहुतीको नेतृत्वमा नयाँ पार्टी घोषणा

२२ बैशाख

काठमाडौं । नेकपा माओवादी केन्द्र फेरि विभाजन भएको छ । एमालेसँग एकताको अन्तिम तयारी भइरहेको बेला माओवादी केन्द्रका नेता-कार्यकर्ताहरुले नयाँ पार्टीको घोषणा गरेका छन् ।

एमालेसँग हुने भनिएको एकताप्रति असहमति राखेर अलग भएको घोषणा गरेका नेता विश्‍वभक्त दुलाल ‘अाहुती’को संयोकत्वमा नयाँ पार्टी गठन भएको हो । नयाँ पार्टीको नाम ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ राखिएको छ ।

सन् १८१८ मे ५ अर्थात अाजैको दिन विश्व सर्वहारा वर्गका नेता कार्ल मार्क्स जन्मेका थिए । विश्वभरका कम्युनिस्टहरुले कार्ल मार्क्सको द्धिशतवार्षिकी मनाइरहेका बेला नेपालमा नयाँ पार्टीको जन्म भएको हो ।

काठमाडौंमा शुक्रबार सम्पन्‍न भेलाले विचारधारात्मक राजनीतिक कार्यदिशा पारित गर्दै अाहुतीको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसलाई वैचारिक, राजनैतिक तथा सांगठनिक अभियान समिति भनिएको छ ।

समितिमा पोलिटब्यूरो सदस्य ध्रुब पराजुली, अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष जागृत रायमाझी, विदुर खरेल, धनकुमारी सुनारसहित अधिकांश माओवादी केन्द्रका नेता रहेका छन् ।

यस्तो छ घोषणा विज्ञप्ति 

यसअघि नेता गोपाल किरातीको नेतृत्वमा पुर्नगठित नेकपा (माओवादी केन्द्र) गठन भइसकेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]