Dabali News

पत्रकार महासंघको उपत्यका प्रदेश महासचिवमा झा विजयी

२२ बैशाख

काठमाडौं । नेपाल पत्रकार महासंघको उपत्यका प्रदेशको महासचिवमा श्रीजन झा विजयी भएका छन् ।

झा प्रतिद्वन्द्वी प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका उम्मेदवार प्रकाशचन्द्र दाहाललाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

अाज शनिबार सम्पन्न निर्वाचनमा झाले ३ सय ९६ मत प्राप्त गरेका थिए भने दाहालले १ सय ७० मात्र प्राप्त गरे ।

त्यस्तै समावेशी सविचतर्फ भने प्यानलका अमर भुजु विजयी भएका छन् । उनले जगतकृष्ण प्रजापतिलाई पराजित गरे । भुजुले ३ सय २३ मत हासिल गरेका थिए भने प्रजापतिले २ सय ३३ मत प्राप्त गरे ।

अन्य सबै पदमा निर्विरोध चयन भइसकेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]