Dabali News

बादल इतिहासकै कडा गृहमन्त्री ! १५० व्यवसायी पक्राउ, २६ माइक्रो बसका रुट परमिट खारेज

२१ वैशाख

काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक सवारी साधान नचलाएको भन्दै सरकारले कारवाही सुरु गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा देशभरबाट एक दर्जनभन्दा बढी व्यवसायी पक्राउ परेका छन् ।

आन्दोलनमा उत्रेका सबै यातायात व्यवसायीहरुलाई पक्राउ गरी कारवाही गर्न गृहमन्त्री बादलले ७७ ओटै जिल्लाका सिडिओलाई निर्देशन दिएका छन् ।

त्यसैगरी हड्तालमा उत्रिएका सार्वजनिक सवारीको रुट परमिट खारेज गरिएको छ । यस्तो कारवाही इतिहासमै पहिलो पटक हो । यसअघि रुट इजाजत विपरित सञ्चालन हुने ठगी गर्ने सवारीले रुट निलम्बन गरिँदै आएको थियो । तर, हड्ताल गरेकै कारण कसैको पनि रुट इजाजत खारेज भएको थिएन ।

यातायात व्यवस्था विभागले शुक्रबार नयाँबसपार्क–एनएसी रुटमा चलिरहेका २६ माइक्रो बसको रुट इजाजत खारेज गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको हड्तालमा सहभागी भएपछि सरकारले कारवाही स्वरुप उनीहरुको रुट इजाजत खारेज गरेको हो ।

  • फाइल फोटो
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]