Dabali News

३३ किलो सुन सभामुख महराको घरमा ? यसरी भयो समाचार भइरल

२१ बैशाख

काठमाडौं । केही दिनयता ३३ किलो सुन काण्डले निकै चर्चा पाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाटै भित्रिएको उक्त काण्डमा नेपाल प्रहरीका उच्च अधिकारीको समेत संलग्नता भएको पुष्टि भइसकेको छ । उनीहरुको बयन पनि सुरु भइसकेको छ ।

गत पुस २१ गते अवैद्य रुपमा मित्रिएको १५ करोड रुपैयाँ मूल्य पर्ने ३३ किलो सुन भने अहिलेसम्म पत्ता लागेको छैन । सुनका मुख्य मालिक मोरङको उर्लाबारी घर भइ काठमाडौं–७, गौरीघाट बस्दै आएका ‘गोरे’ नामबाट चिनिएका चुडामणि उप्रेतीलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

बहालवाला एसएसपीसहित पाँच दर्जन व्यक्तिहरुविरुद्ध मुद्दा दायर भइसक्दा पनि गोरे र ३३ किलो सुनलाई प्रहरीले सकेको छैन ।

यसैबीच ३३ किलो सुन सभामुख कृष्णबहादुर महराको भएको समाचार सामाजिक संजालदेखि संचारमाध्यमहरुमा भइरल भएको छ । उक्त समचार गत पुसमै दृष्टि साप्ताहिकले छापेको हो । जतिबेला महरा अर्थमन्त्री थिए । पहिलो चरणमा पक्राउ परेका भरिया गोपाल शाहीको बयनका आधारमा तत्कालिन अर्थमन्त्रीको नाम ३३ किलो सुनसँग जोडिएको थियो । महराकै सेटिङमा उक्त सुन विमानस्थलबाट बाहिर आएको बताइएको थियो ।

समाचारमा माओवादी केन्द्र समर्थक सहसचिव नारायण सापकोटालाई प्रमुख भन्सार प्रशासकका रुपमा सरुवा गरेर सुन तस्करीको सेटिङ गरेको बताइएको थियो । त्यसमा महराका छोरा निर्मल महरा ‘एटम’ र निजी सचिव नेत्र पौडेलको डिजाइनर भएको बताइएको थियो ।

सुन काण्डमा महराको संलग्नता छ वा छैन अनुसन्धानले बताउने नै छ । तर, ३३ किलो सुन काण्ड चर्चामा भएकै कारण महराको पुरानो समाचार भइरल भएको हो । कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले त उक्त सुन महराको घरमा लुकाइएको समेत बताएका छन् । जेहोस् सुन काण्डमा महराको पनि नाम जोडिन पुगेको छ ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएपछि सुन काण्ड छानविनलाई कडा बनाएका छन् । सुन काण्डकै कारण चार जनको ज्यान समेत गइसकेको छ ।

३३ किलो सुन काण्डका नाइकेदेखि सहयोगीहरु

१. मोरङको उर्लाबारी घर भइ काठमाडौं–७, गौरीघाट बस्दै आएका चुडामणि उप्रेती (गोरे) । उनी ३३ किलो सुन तस्करीका नाइके हुन् ।

२. काभ्रेको मण्डनदेउपुरी गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरी ।

३. मोरङ उर्लाबारी–४ का मोहन काफ्ले ।

४. मकवानपुर हटिया–४ घर भइ हेटौंडा बस्दै आएका सुरेन्द्र गौतम ।

५. झापा गौरादह–८ का मामा भनिने भोजराज भण्डारी ।

६. झापाको मेचीनगर–१३ का रुस्तम मियाँ भनिने मोहमद उस्तम मियाँ ।

७. सोलुखुम्बुको दूधकुन्ड–८ का टुकबहादुर मगर ।

८. झापाको मेचीनगर–१३ का लाक्पा शेर्पा ।

९. मोरङको उर्लाबारी–२ का माधव भनिने मदनप्रसाद घिमिरे ।

१०. सिराहाको धनगढी माई नगरपालिका–१२ का रोहित आचार्य ।

११. मोरङ उर्लाबारी–७ का कृष्ण भनिने नरेन्द्र कार्की

१२. उर्लाबारी–४ का भविन राई भनिने भविन तामाङ ।

१३. भारतको मोतियारी भेरियारी ग्राम पञ्चायत थाना आधापुर–१४ घर भइ गौरीघाटमा रहेको थ्री बदर्स गाडी ग्यारेजमा काम गर्दै आएका राजनकुमार ।

१४. सुनसरीको धरान–२ का कृष्ण बस्नेत ।

१५. काठमाडौं–१६ का भुजुङ गुरुङ ।

१६. सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ काठमाडौं–२९, अनामनगर बस्ने एमके मामा भनिने मोहनकुमार अग्रवाल ।

१७. काठमाडौं– नागर्जुन–४, शरणमपुरका डा. डेबिट भनिने छिरिङ वाङगेल घले ।

१८. सुनसरीको धरान–२ का बहुला भनिने सुनिलकुमार अग्रवाल ।

१९. झापाको शिवगञ्ज–१, हाल शिवसताक्षी घर भइ हाल काठमाडौंको चन्द्रगिरी बस्दै आएका कालु भनिने कृष्ण गोपाल अग्रवाल ।

२०. काठमाडौं–३२ का आरके भनिने राजेन्द्रकुमार शाक्य ।

२१. उर्लाबारी–७ घर भइ काठमाडौं–७, गौरीघाट बस्ने रमेश उप्रेती ।

२२. भारतको पश्चिम बंगाल दार्जि्लिङ घर भइ काठमाडौंको धुमबराही चन्डौलस्थित प्रेष्टिज अपार्टमेन्टमा बस्ने चाचौजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल ।

२३. काठमाडौं–९, एयरपोर्ट अगाडि रहेको बाजेको सेकुवा कर्नरका चेतन भनिने चेतनाथ भणडरी ।

२४. काठमाडौं–३१, बानेश्वरस्थित भैरव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा.लि, न्यूरोडका सञ्चालक प्रमोदकुमार श्रेष्ठ ।

२५. सुनसरीको इटहरी– का वेनु श्रेष्ठ ।

२६. काभ्रेको चलाल गणेशस्थान–६ घर भइ हाल बेथान चोक–४ बस्दै आएका हरिशरण खड्का ।

२७. झापा घर भइ हाल काठमाडौं–९ बस्ने प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल ।

२८. सिन्धुपाल्चोक लोगर्चे–७ घर भइ काठमाडौं–६, बौद्ध आरुबारी बस्ने एलबी मगर भनिने लालबहादुर मगर ।

२९. काठमाडौं–८ का चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ ।

३०. ललिपुर–१४ का सम्बिरप्रसाद तोलाङ्गे ।

३१. काठमाडौं–९ का ४५ वर्षीय बालकृष्ण श्रेष्ठ ।

३२. भक्तपुरको सूर्यविनायक– ९, खत्रीगाउँका दोराम खत्री ।

३३. काठमाडौंको नागार्जुन–६ का कपिलराज पुरी ।

३४. काठमाडौं–८ का गोपालकुमार श्रेष्ठ ।

३५. ललितपुरको कन्ज्योसोम–३ का ३० वाषर््ीय तक्ले भनिने पुन्यप्रसाद लामा तामाङ ।

३६. काठमाडौं चन्द्रागिरी–१३ का हेमन्त गौतम ।

३७. काठमाडौं–१८ का राजु महर्जन ।

३८. बागलुङको साविक रेसा–४, अरिन्पटा हाल काठेखोला–७ का कमल कार्की ।

३९. काठमाडौं–१६, खरिबोटका मणिराज चौलागाईँ ।

४०. सिन्धुपाल्चोको जलजले बस्ने शिवकुमार गुभाजु ।

४१. सुनसरीको धरान–१ का घर भइ हाल काठमाडौं–३१, शान्तिनगरका वैभवन लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रा.लि., न्यूरोडका सञ्चालक ५० वर्षीय सुनिल श्रेष्ठ ।

४२. भोजपुर, दिङ्ला घर भइ काठमाडौंको कगेश्वरी मनोहरा–३, गगननगरकी आरबी भनिने रक्षा भण्डारी ।

४३. मोरङको साविक गोविन्दपुर–८ घर भइ हाल काठमाडौं बस्दै आएका अर्जुनप्रसाद खरेल ।

४४. पर्वतको साविक झोर्ले गाविस–१ घर भइ हाल पैयूँ–७ बस्दै आएका रोशन भुसाल भनिने गुप्तलाल भुसाल ।

४५. काभ्रेपलान्चोकको साविक चलाल गणेशस्थान–४ का रामहरि कार्की ।

४६. कास्कीको सािवक निर्मल पोखरी–८, हाल पोखराको लेखनाथ–२१ का प्रयास पराजुली

४७. सिन्धुपाल्चोकको बलेफी–५ का सञ्जय अधिकारी ।

४८. सिन्धुपाल्चोकको बलेफी–५ का समिर अधिकारी ।

४९. धनकुटा–४ घर भइ न्यूरोडमा वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रा.लि. सञ्चालन गर्दै आएकी गिता श्रेष्ठ ।

५०. झापा कमलगाउँपलिका–६ माइती भइ हाल मोरङको उर्लाबारीमा स्थायी घर र काठमाडौंको गौरीघाट बस्दै आएकी नर्वदा खरेल उप्रेती ।

५१. मोरङको कानेपोखरी–४ का माधव आचार्य ।

५२. मोरङको साविक गृगौलिया–२, हाल सुन्दरहरैचा–२ बस्ने ओमप्रकाश नेवार ।

५३. भक्तपुरको सूर्य्विनायक–८ बस्ने ५५ वर्षीय राजन थापा ।

५४. काठमाडौं–१३, ताहाचलका अमरमान डंगोल ।

५५. बर्दिया घर भई काठमाडौं–१८ बस्नै आएका तुलाराम थारु ।

५६. मोरङको रतुवामाई–१ घर भइ काठमाडौं–३, बासबारी बस्दै आएका गोविन्दप्रसाद निरौला ।

५७. गोरखा–१४ घर भइ हाल नेपाल प्रहरीको प्रहरी जवान पदमा कार्यरत् ३७ वर्षीय विष्णुबहादुर खड्का ।

५८. चितवनको जगतपुर–७, हाल भरपुर–२४ बस्ने प्रहरी हवल्दार अम्बर बहादुर थापा मगर ।

५९. तनहुँको म्याग्दे–१ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका हाल नेपाल प्रहरीका प्रहरी उपरीक्षक विकासराज खनाल ।

६०. सिराहाको लाहान–६ घर भइ हाल काठमाडौं–३२, कोटेश्वर बस्दै आएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत ।

६१. गुल्मीको साविक तम्घास–६, स्थायी घर भइ हाल भक्तपुरको मध्यपुर थिमी घर भई हाल लोकन्थली बस्दै आइ हाल नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक पदमा कार्यरत् श्यामबहादुर खत्री ।

६२. काठमाडौं–९, रातो पुल घर भइ हाल नेपाल प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत् दिवेश लोहनी ।

६३. काठमाडौंको बूढानीलकण्ठ–२ घर भई नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक पदमा कार्यरत् प्रजित केसी ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]