Dabali News

मोदीलाई होइन ओलीलाई कालोमोसो दल्नुपर्छः कट्टेल

२० बैशाख

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोमोसो दल्नु पर्ने बताएका छन् । सामाजिक संजाल र केही नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालोमोसो दल्नु पर्ने बताइरहेको बेला कट्टेलले भने ओली लम्पसारवादी भएको बताउँदै कालोमोसो दल्ने पर्ने तर्क गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा कट्टेलले लेखेका छन्ः

अचेल नेपाल मोदीमय बनेकोछ । सरकारका मन्त्रीहरु मोदीको भ्रमणको चाँजो पाँजो मै व्यस्त देखिन्छन । भारतीय सुरक्षा निकाय समेत सक्रिय देखिन्छ । जनकपुर देखि मुस्तांग सम्मको सवारीको सुरक्षा मिलाउन भारतीय फौज हेली लिएरै घुमी रहेको छ । ओलीहरु आसिर्वाद र निगाहाको आसमा प्रफुल्ल छन ।

विरोधका स्वरहरु पनि सार्वजनिक भई रहेकाछन । क. मोहन विक्रमले वक्तव्य निकालेर स्वागत नगर्ने कुरा गरेका छन । क्रान्तिकारी माओवादीका नेताहरुले मोदीलाई मोसो दल्ने कुरा गरिरहेकाछन । समाजिक सञ्जालमा मोदीको विरुद्ध निकै चर्का कुराहरु आएकाछन । नेपाल र नेपाली माथि अन्याय गरिरहेको भारतीय शासकका विरुद्ध आक्रोस पोखिनु स्वभाविकै छ ।

मोदी भ्रमणको वेला पारेर देउवा सरकारले समेत खारेज गरेको भारतीय राजदुतावासवाट सोझै ५ करोड वाँडने योजना ओली सरकारले फेरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यसैगरी अरुण तेस्रो सिलान्यासको योजना सार्वजनिक भैरहेकोछ । ओलीले भारत भ्रमणकोवेला पुराना सवै असमान र राष्ट्घाति सन्धि संझौताहरु कार्यान्वयन गर्ने कवुल गरेर आएका छन् ।

अव मोसो कसलाई धस्ने ? लम्पसारवादीहरु लाई की मोदीलाई ? जवसम्म देशभित्रका राष्ट्घातिहरुलाई परास्त गर्न सकिदैन तवसम्म देशलाई विदेशी हस्तक्षेप वाट मुक्त गर्न सकिदैन । भारतीय हस्तक्षेपको विरोध गरौ । तर यसको वहानामा लम्पसारवादीहरुलाई सुरक्षित बन्‍ने अवसर नदिउँ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]