Dabali News

गर्भपतन सेवा लिनेको संख्या बढ्दै

१९ बैशाख

काठमाडौँ । लुभुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढेको छ ।

आर्थिक वर्ष २०७३-७४ मा ५४ जना महिलाले गर्भपतन गराएको केन्द्रले जनाएको छ । अहिले त्यो संख्या बढिरहेको केन्द्रमा कार्यरत हेल्थ असिस्टेण्ट अर्जुन लाबदले बताए । उनले भने,“अहिले नै ६० नाघिसकेको छ र यो संख्या अझै बढ्न सक्ने छ ।”

स्वास्थ्य संस्था र गर्भपतन गराउन दक्ष जनशक्ति दुबै सूचीकृत भएपछि केन्द्रले गर्भपतन सेवा शुरु गरेको हो । केन्द्रमा औषधिबाट र सर्जिकल गरेर दुबै खालका गर्भपतन सेवा उपलब्ध छ । नौ हप्तासम्मको गर्भ औषधिबाट र नौ हप्तादेखि १२ हप्तासम्मको गर्भपतन सर्जन मेसिनबाट गर्ने बताईन्छ ।

९ हप्ता भन्दा कममा पनि महिलाले चाहदा मेसिनको प्रयोगबाट गर्भपतन हुन्छ । उनले भने,“औषधिको प्रयोग गर्दा एक मात्रा स्वास्थ्य संस्थामा प्रयोग गरेर बाँकी घरमा नै गर्न हुने भएकाले महिलाले औषधि नै रुचाउँछन् ।”
हाडनाता करणी, बच्चा जन्मदा आमाको स्वास्थ्यलाई असर पर्ने लगायतका अवस्थामा मात्रै १२ हप्तादेखि १८ हप्तासम्मको संस्थागत क्लिनिकहरुले गर्भपतन सेवा दिएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]