Dabali News

विहे गर्छु भन्दै यौन सम्बन्ध, गर्भ रहेपछि दलित भन्दै उर्मिलाको हत्या

१९ बैशाख

विनायक । अछाममा विहे गर्ने भन्दै यौन सम्बन्धपछि गर्भवती भएकी एक किशोरीको हत्या भएको छ । जिल्लाको विनायक पंचदेवल नगरपालिका वडा नम्बर ९ भानाकोटकी १६ बर्षिय उर्मिला टमट्टाको अबैध यौन सम्बन्धपछि हिजो बिहान ३ बजेतिर हत्या भएको हो ।

गाउँकै तिलक बटालाले बिहे गर्ने भन्दै यही बैशाख १५ गते साँझ उर्मिलालाई भगाएर लिएका थिए । लामो समयदेखि अबैध यौन सम्बन्ध राख्दै आएका तिलकले गर्भवती उर्मिलालाई गर्भपतन गर्न दबाब दिएका थिए । उर्मिलाले गर्भ पतन नगर्ने र आफुलाई विवाह गर्न भनेपछि प्रेमी तिलकले घर नजिकैको जंगलमा रहेको गोठमा मंगलबार बिहान हत्या गरेका हुन् । उर्मिलाले कालिकोटको नन्दादेवी उच्च मावि कोटवाडामा भर्खरै एसईई दिएर बसेकी थिइन् ।

तिलकले हत्यापछि उर्मिलाको लास गोठमा रहेको परालको थुप्रोभित्र लुकाएर उर्मिलाका बुवालाई बोलाएर भिरबाट लडेको भन्दै लास लिएर अन्तेष्ठी गर्न दबाब दिएका उनका दाजु नवराज टमट्टाले जानकारी दिए । अछामको चिल्तडामा रहेको प्रहरी चौकिले उर्मिलाको लास बरामद गर्दै हत्या गर्ने उनकै प्रेमी तिलकलाई हिजो नै पक्राउ गरेको छ ।

शवको पोष्टमार्टमका लागि अछामको सदरमुकाम मंगलसेन पुर्‍याइएको छ । हत्या गर्ने तिलकलाई पनि जिल्ला प्रहरी कार्यालय मंगलसेनमा राखिएको छ । तिलकका आफन्तले अहिले पनि घटना साम्य पार्न आफुहरुलाई दबाब दिइरहेका उर्मिलाका दाजु नवराजको भनाई छ । उर्मिला दलित भएकै कारण उनको हत्या भएको स्थानीयको भनाई छ ।

नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय कार्यालय सदस्य विष्णुबहादुर बिकले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । कारबाही नगरी घटना साम्य पार्न खोजी आफ्नो संगठनले कडा कारबाही गर्ने बिकले चेतावनी दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]