Dabali News

नेकपाका कार्यकर्ता गिरफ्तारीविरुद्ध बेल्जियममा विरोध प्रदर्शन

१८ बैशाख

एन्टवेर्पन (वेल्जियम) । नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता गिरफ्तारीको विरोधमा यूरोपमा विरोध प्रदर्शन भएको छ ।

नेपाली जनप्रगतिशील मोर्चा वेल्जियमको अगुवाइमा भएको विरोधमा वेल्जियमको एन्टवेर्पन शहरमा वर्कस पार्टी वेल्जियम र अन्य मजदुर संगठनहरु सहभागी भएका थिए । ‘समाजवादी व्यवस्थाको स्थापना गरौं’ भन्ने नारासहित हजारौं मजदुरहरु विरोधमा भाग लिएका थिए ।

वर्कस पार्टी वेल्जियमका अध्यक्ष पीटर मार्टिनले उक्त ऱ्यालीलाई सम्वोधन गरेका थिए । उनले पुँजीवादी सत्ताका विकृतिहरुको चर्चा गर्दै राज्यसत्ता जनताको हातमा लिने समाजवादी आन्दोलनमा अगाडि बढ्न सवैलाई आह्‍वान गरेका थिए । अमेरिकन साम्राज्यवादको नेतृत्वमा विश्वमा युद्धको खेति भइरहेकाले त्यसको डटेर विरोध गर्नुपर्ने पीटरले बताएका थिए ।

नेपालमा कम्युनिस्टकै नेतृत्वमा सरकार भएपनि कम्युनिस्ट नेता-कार्यकर्तामाथि दमन गरिनु अापत्तिजनक भएको भन्दै बक्ताहरुले विरोध गरेका थिए । उनीहरुले शान्तिपूर्ण कार्यक्रममाथि नै प्रतिबन्द लगाउने नेकपा एमाले र माओवादी केन्द्र अब कम्युनिस्ट नभएको समेत दाबी गरे ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]