Dabali News

अछाममा लोकमार्गको काम धमाधम, असोजभित्रै कालोपत्रे गरी सक्ने

१८ बैशाख

काठमाडौँ । अछाम खण्डको कालोपत्रे गर्ने काम आगामी असोजभित्रै सकिने भएको छ ।

पूर्वको पाँचथर, चियो भञ्ज्याङ्देखि पश्चिम बैतडीको झुलाघाटसम्म १ हजार ७६५ किलोमिटर लम्बाई रहेको पुष्पलाल (मध्यपहाडी) लोकमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाएको छ ।

नेपालको पूर्वदेखि सुदुरपश्चिमसम्मको मध्यपहाडी क्षेत्रमा निर्माण भइरहेको यो सडकलाई देशको समृद्धिको एक आधारको रुपमा हेरिएको छ । यो आयोजनाअन्तर्गत अछाममा ६० किलोमिटर सडक पर्छ । अछाममा निर्माण गर्नुपर्ने सडकलाई विभिन्न चारवटा खण्डमा विभाजन गरी तीव्रताका साथ निर्माण भइरहेको छ ।

२०७३ वैशाख १६ गते सम्झौता भई २०७६ वैशाख १५ सम्म कालोपत्रे सक्ने लक्ष्य रहेको २ वर्षमै लक्ष्यभन्दा १५ प्रतिशत बढि काम सम्पन्न भएको बताइएको छ । २ वर्षमा ४ वटै खण्डमा ५० प्रतिशत काम सक्नुपर्ने लक्ष्य भएपनि सबै खण्डमा ६५ प्रतिशतभन्दा बढी काम भईसकेको आयोजनाको पश्चिम खण्ड दाङका ईञ्जिनियर तुलाराम शर्माले बताए ।

२०७५ असारभित्रै ७५ प्रतिशत सडक कालोपत्रे भईसक्ने छ । ढिलोमा यही असोज मसान्तसम्म अछामखण्ड कालोपत्रे भईसक्ने बताइएका छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]