Dabali News

गाडीको ठक्करले लण्डनमा १ जना नेपाली महिलाको मृत्यु

१७ बैशाख

काठमाडौँ । गुडिरहेको कारले ठक्कर दिँदा लण्डनमा एक नेपाली महिलाको मृत्यु भएको छ ।

हन्स्लो वेष्ट बस्ने ४९ वर्षिय मिना लिम्बुको बाटो काट्ने बेलामा कारले ठक्कर दिएपछि घटना स्थलमै मृत्यु भएको हो ।

छिमेकी बलराम मैनालीका अनुसार किनमेलको लागि घरबाट निस्केकी लिम्बुको हन्स्लो वेष्टको बाथरोडमा आइतबार दिउँसो बाटो क्रस गर्ने क्रममा कारले ठक्कर दिँदा मृत्यु भएको हो । उनका २४ र २० वर्षीय दुई छोरा छन् ।

उनका श्रीमानको १ महिना अघि मात्र नेपालमा निधन भएकोले उनी श्रीमानको काजक्रिया सकेर गत हप्ता मात्र बेलायत फर्केकी थिइन् ।

उनी बेलायतस्थित पाँचथर थर्पू समाज यूकेसंघ आबद्द थिइन् । समाजले आइतबार एक विज्ञप्ति जारी गर्दै उनको निधनमा गहिरो दुःख व्यक्त गरेको छ । घटनाबारे प्रहरीले छानविन गरिरहेको समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनको लाश स्थानीय अस्पतालमा राखिएको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]