Dabali News

असहाय बालबालिकालाई सहयोग गर्ने लक्ष्यका साथ, एकल थकाली साँझ

१६ बैशाख

पोखरा । लोकप्रिय लोकदोहोेरी गायक वसन्त थकाली वसन्त रुविना फाउण्डेशनको आयोजनामा शनिबार पहिलो पटक एकल साँझ झुल्किएको छ ।

रत्न रेकर्डिङ संस्थानबाट प्रथम पटक रेकर्ड गरिएको गीत ‘घर त घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ भन्ने गीतबाट साङ्गीतिक यात्रामा आफूलाई अगाडि बढाएका थकालीले एकल साँझमा गीतसँगै ‘जोमसोममाथिको ठिनी गाउँ’, ‘गाउँघरको झिल्के मत’, ‘बाँचुन्जेल जे छ हजुर’, ‘झल्को उही दिनको’, ‘मेरो देश नेपाल’ लगायत १३ वटा गीत गाएका छन् ।

एकल साँझमा उभिइरहँदा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा ५०० जनाको हाराहारीमा दर्शक एवं स्रोताले साथ दिएका थिए ।
कार्यक्रमबाट संकलित रकमले फाउण्डेशनमार्फत सङ्गीत एकेडेमी सञ्चालन गरी यो क्षेत्रमा रुचि भएर पनि आर्थिक अभावका कारण अवसरबाट वञ्चित असहाय बालबालिकालाई सहयोग गरिने लक्ष्य लिइएको बताइएको छ ।

पोखरा साहारा क्लबका संस्थापक अध्यक्ष रहेका थकाली खेल विधाका साथै विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]