Dabali News

५ दिनका लागि एकल चित्रकला प्रदर्शनी शुरु

१५ बैशाख

काठमाडौँ । लेखराज गिरीको एकल चित्रकला प्रदर्शनी शुक्रबारदेखि रिपोर्टर्स क्लब दाङमा शुरु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-११ नवलपुर निवासी चित्रकार गिरीका ४६ तस्वीर ‘परिचय’ प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका एउटा तस्वीरको मूल्य ३ हजार ५०० देखि ३५ हजारसम्म तोकिएको छ ।

बत्तीस वर्षीय गिरीले आफ्ना चित्रबाट विद्यार्थी वर्ग र चित्रकलामा लाग्न चाहने व्यक्तिले केही सिकून् भन्नाका लागि प्रदर्शनी गरिएको बताए ।

प्रदर्शनीको तुलसीपुर उपमहानगर पालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्दै गिरीको कलाको सम्मानका लागि उपमहानगरपालिकाले एक उत्कृष्ट चित्र खरिद गर्ने घोषणा गरे ।

मल्टिमिडिया प्रालिको आयोजना तथा उपमहानगरपालिकाको सहयोगमा चित्र प्रदर्शनी गरिएको हो । प्रदर्शनी ५ दिनसम्म चल्ने छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]