Dabali News

गुराँसको राजधानी तीनजुरेमा रहेको गुफापोखरीमा पानीको सतह घट्दै

१४ बैशाख

काठमाडौँ । तीनजुरे मिल्के जलजले क्षेत्रमा रहेको गुफापोखरीमा वर्षेनी पानीको सतह घट्दै गएको छ ।

मुहान सुकेर पानीको अभाव भएपछि पोखरीको अस्तित्व नै संकटमा पर्दै गएको हो । पोखरीको संरक्षणका लागि कसैले चासो देखाएका छैनन् ।

जैविक विविधताले भरिपुर्ण गुराँसको राजधानी तीनजुरे, मिल्के जलजले क्षेत्रको गुफापोखरी प्राकृतिक सुन्दरताले भरिपुर्ण छ ।

टिएमजेको सबैभन्दा ठुलो र महत्वपुर्ण पोखरी गुफापोखरी नै हो । पोखरीको छेउमा सानो बस्ती छ । गुफा नजिकै रहेको पोखरीको नाम गुफापोखरी र गुफापोखरीको नजिकै रहेको बजारको नाम पनि गुफाबजार राखिएको छ ।

पोखरीमा रहेको पानीको मुहान सुकेको छ भने केही वर्षयता हिमपात समेत हुन छाडेको छ । ५ वर्ष अघिसम्म भरिभराउ हुने गुफा पोखरीमा अहिले पानीको सतह घटेर आधा भागमा बालुवा मात्रै रहेको छ ।

हिमपात नहुँदा पानी जम्न नपाएकाले पोखरीमा पानीको मात्रा घट्दै गएको स्थानीय बताउ छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]