Dabali News

कतिपयको मन पिरोल्ने, विलासी जिवनको अरबपति कुकुर

१४ बैशाख

काठमाडौँ । समाजमा गरिब तथा धनी दुबै थरिका मानिसहरु बसोबास गर्छन् ।

यही समाजमा एउटा यस्तो जनाबर छ जसको धनसम्पत्ती एक अर्बपति मानिसको भन्दा धेरै छ ।

यो हो कुकुर, योसँग यती धेरै सम्पती छ कि यसले चाहे भने आफ्नो लागि हवाईजहाज देखि विलासीता जिवन व्यतित गर्नका लागि आइल्याण्डसमेत किन्न सक्छ ।

जर्मन शेफर्ड प्रजातीको यो कुकुरको नाम गन्थर हो । यो कुकुर विश्वको सबैभन्दा धनी जनाबर हुनुका साथै एक सफल व्यापारी तथा कलाकारले जस्तै विलासि जीवन जिउँदै छ ।

गन्थरको नाममा १५ अर्ब ५० करोड रुपैयाँ ९१४.५करोड डलर बराबरको सम्पत्ती छ भन्दा जो कोहीलाई पनि आश्चर्य तथा रोचक लाग्छ । तर यो सत्य हो ।

गन्थरलाई यो सम्पती उसको बुवाबाट प्राप्त भएको हो । तर उसको बुवालाई यो सम्पत्ती उसकी मालिक्नी कार्लोटा लीबेन्स्टीनको मृत्यु पश्चात प्राप्त भएको हो ।

सन १९९१ मा मालिक्नीको मृत्यु पश्चात इटाली र जर्मनीमा रहेको सम्पूर्ण सम्पत्ती यो कुकुरको नाममा नामसारी भएको हो ।

गन्थरको रेखदेखमा आज सयकडौं कामदार खटिएका छन् । उ भव्य महलमा विलासिता जीवन जिउँछ र आफूलाई मनपर्ने भोजन गर्छ । कुकुरको विलासिता दैनिकी देखेर कतिपय मानिसहरुको मन पिरोल्ने गर्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]