Dabali News

किम जोङ र मूनबीच पहिलो भेट यसरी भयो, पूरा भिडियो

१४ बैशाख

काठमाडौं । उत्तर र दक्षिण कोरियाको शिखर वार्ता जारी छ । ६५ वर्षपछि पहिलो पटक भएको शिर्ष नेताहरुको यो वार्तालाई विश्वभर चासोको साथ लिइएको छ ।

स्थानीय समयअनुसार शुक्रबार विहान ९ बजेतिर उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनबीच पहिलो भेट भएको थियो । गैरसैनिक इलाकामा दुबै नेताले हात मिलएका थिए ।

किम जोङ टोलीको नेतृत्व गर्दै सीमातिर जाँदा उता मून कुरिहरेका देखिन्थे । दुबै नेताले हात मिलाए र संक्षिप्त कुरा गरे । दुबैले हात सामाएरै उत्तरको सीमा क्षेत्रमा पनि पाइला टेके । किम जोङलाई दुई बालबालिकाले फुल दिएर स्वागत गरेका थिए । त्यस लगत्तै सैनिकले पनि परेड खेलेर स्वागत गरिएको थियो ।

अहिले पनि पिस हासउसमा वार्ता जारी छ । वार्तामा कोरिया युद्धको औपचारिक अन्त्य लगायतका विषयमा सहमति हुने अनुमान गरिएको छ ।

दुबै नेताको पहिलो भेट यस्तो थियो 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]l.com