Dabali News

कोरिया युद्ध अन्त्यको औपचारिक घोषणा हुँदै ! खुशीयालीमा युवाहरु सडकमा, पहिलो वार्ता भिडियोमा

१४ बैशाख

काठमाडौँ । दुबै कोरियाबीचको शिखर बैठक जारी छ । स्थानीय समयअनुसार शुक्रबार विहान ९ बजेबाट गैरसैनिक क्षेत्रको पिस हाउसमा बैठक सुरु भएको हो ।

उत्तर र दक्षिणको सीमा क्षेत्रमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रिपति मून जे इनबीच हात मिलाएका थिए । पामुन्जोम क्षेत्रको प्रशासनिक भवनबाट किम जोन उन उत्तर र दक्षिण कोरियाको सीमा रेखातिर लम्केका थिए, जहाँ उनलाई दक्षिण कोरियाका नेता मून जेइ इन कुरिरहेका थिए ।

भेटपछि दुबै नेताले उत्तर कोरियाका भूमिमा पाइला टेकेका थिए । दक्षिण कोरियाको सीमाभित्र बैठक स्थल तयार थियो । नेता किमलाई परम्परागत शैलीमा स्वागत गरिएको थियो । त्यसअघि सीमा क्षेत्रमै दुबै देशको राष्ट्रिय ज्ञान गाउँनुको साथै पराम्परागत संस्कृतिमा प्रदर्शनसहित एक अर्कालाई सम्मान गरिएको थियो ।

राष्ट्रपति मूनले किम जोङसँग भेट गर्न पाएको आफूलाई खुशी लागेको बताएका थिए । उनको चुनावी नारा नै उत्तरसँग वार्ता गर्ने भन्ने नै थियो । त्यही नारामा दक्षिण कोरियाका जनताले भारी मत दिएर बिजयी गराएका थिए ।

उत्तर कोरियाका नेता किम जोन उन सन् १९५३ पछि पहिलो पटक दक्षिण कोरिया पुग्ने पहिलो राष्ट्रिपति बनेका छन् ।

भेटपछि दुबै नेताले छोटो प्रतिक्रिया दिएका थिए । उत्तर कोरियाका नेता उनले आजै शान्ति सम्झौता हुन सक्ने बताएका थिए । उनले शान्ति होस् भन्नेहरुको लागि नयाँ खबर हुन सक्ने बताए । त्यसैगरी दक्षिणका राष्ट्रपति मूनले नेता उनसँग भेट्न पाउँदा खुशी लागेको बताए । मूनले कोरियाली जनताको पक्षमा वार्ता हुने धारणा राखेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
दक्षिण कोरियाको सेनाले नेता उनलाई सलामी दिएको थियो ।

कोरिया विवादका जानकारहरु आजै कोरिया युद्धको औपचारिक अन्त्यको घोषणा हुने बताउँछन् । कोरिया युद्ध अहिलेसम्म अन्त्य भएको घोषणा भएको छैन ।

वार्तामा कोरियाको एकीकरणमा पनि छलफल हुन सक्ने अनुमान गरिएको छ । वार्ताका दृश्य टेलिभिजनमा हेरेर दक्षिण कोरियामा खुशीलायीमा युवाहरु सडकमा निस्केका छन् ।
किम जोङको यसरी गरिएको सम्मान, भिडियो हेर्नुहोस्

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]