Dabali News

बर्दघाट नगरपालिकाले २१ वटा कानून तर्जुमा गर्यो

१३ बैशाख

काठमाडौँ । नवलपरासीको बर्दघाट नगरपालिकाले २१ वटा कानून तर्जुमा गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेर ती कानून तर्जुमा गरेको हो ।

तर्जुमा भएका कानूनमा १२ वटा विभिन्न नियमावली, कार्यविधि र निर्देशिका छन् भने ९ वटा ऐन छन् । राजपत्र प्रकाशित ऐनमा आर्थिक ऐन, योजना ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित ऐन, सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन गर्ने ऐनलगायत छन् ।

नगरपालिकाले बनाएको नियमावली, कार्यविधि र निर्देशिकामा कार्य सम्पादन नियमावली, कार्य विभाजन नियमावली, कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण नियमावली सुत्केरी पोषण कार्यक्रम सञ्चालन निर्देशिका, शिक्षा नियमावली लगायतका छन् ।

सबै ऐन राजपत्रमा प्रकाशित भइसकेकाले कानूनका रुपमा कार्यान्वयनमा आएको बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले बताए ।

नगर प्रमुख शर्माले आवश्यकता अनुसार कानून परिमार्जन हुनसक्ने बताएका छन् । आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा बनाएका ऐन, नियम, निर्देशिका, कार्यविधि र मापदण्ड प्रदेश सरकार र संघीय सरकारलाई पठाउनु पर्ने व्यवस्थाअनुसार यस अगावै नगरपालिकाले तर्जुमा गरेका कानून प्रदेश र संघीय सरकारमा पठाइसकिएको जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]