Dabali News

सर्वोच्च अदालतको संवैधानिक इजालासमा ५० मुद्दा मात्र फछ्र्योट

१३ बैशाख

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फछ्र्योट भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दाको इजलासमा ५० वटा मात्र मुद्दा फछ्र्योट भएको बताए ।

ती मुद्दा विसं २०६६ देखिका हुन् । उनले हप्तामा २ दिनमात्र संवैधानिक इजलासमा परेका मुद्दा हेर्ने भएकाले धेरै फछ्र्योट गर्न नसकिएको बताइएको छ । संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र न्यायाधीशले हेर्ने गरेका छन् । अहिले सर्वोच्चमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेले हेर्ने गरेका छन् ।

२०७२ सालको संविधानको धारा १३७ ले संवैधानिक इजलासको प्रावधान राखेको छ । संवैधानिक इजालसमा संविधानसँग बाँधिएका रिट निवेदन, संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तहबीचको संविधानका अधिकारबारे उठेको विवाद तथा संसदका सदस्यको योग्यताबारे उठेका विवादसम्बन्धी मुद्दा हेर्ने गरिन्छ ।

विसं २०७२ को संविधान गठन हुनुभन्दा पहिले सर्वोच्चमा विशेष इजसालले संविधानसम्बन्धी उठेका विषय हेर्ने गर्दथ्यो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]