Dabali News

आज नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्रीको स्मृति दिवस

१३ बैशाख

काठमाडौँ । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस आज (बिहिबार) मनाइँदैछ ।

१९७८ सालमा काठमाडौँमा जन्मिएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । उनी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका थिए ।

उनको नेतृत्वको ९ महिने सरकारले लोकप्रियता कायम गरेको भनेर अहिले पनि चर्चा हुन्छ । पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै उनी राजनीतिमा सक्रिय थिए ।

‘भारत छोड’ आन्दोलनको क्रममा उनी बनारस जेल परेका थिए । जेलमा भारतीय कम्युनिष्ट नेताहरुसँगको सम्पर्कमा उनी कम्युनिष्ट पार्टीमा संगठित भएका थिए ।

२००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व उनले सम्हालेका थिए । लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन पनि बिताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]