Dabali News

नेपाल एयलायन्सका २ जना कर्मचारी साढे ३३ किलो सुन काण्डमा पक्राउ

११ बैशाख

काठमाडौँ । साढे ३३ किलो सुनकाण्डको छानबिनमा नेपाल एयरलायन्सका २ जना कर्मचारी पक्राउ पारेका छन् ।

पक्राउ पर्ने नेपाल एयरलायन्समा लोडर काम गर्ने तुलाराम थारु र अमर डंगोल रहेका छन् । प्रहरीले यस अघि नेपाल एअरलायन्सकै राजन थापा र प्रेमलाल चौधरीलाई पक्रेकोमा चौधरीले महानगरिय प्रहरी बृत्त सिंहदरवारको हिरासत मै आत्महत्या गरेका थिए ।

सुनकाण्डमा छानबिन समितिले मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख विकासराज खनाल र प्रहरी नायव उपरीक्षक संजय राउतसँग पनि बयान लिने तयारी गरेको छ ।

सुन तस्कर चुडामणि उप्रेतीलाई तस्करी गर्न सघाएको आरोपमा पक्राउ परेका पूर्व प्रहरी नायव महानिरीक्षक गोविन्द निरौलामाथि कर्तब्य ज्यान र संगठित अपराध मुद्दामा करवाही अघि बढाउन मोरङ्ग जिल्ला अदालतबाट म्याद लिइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट साढे ३३ किलो सुन तस्करी र सोही घटनामा मोरङ्गका सनम शाक्यको हत्याकाण्डमा निरौलालाई विपक्षी बनाई थप अनुसन्धानको लागि म्याद लिइएको हो ।

गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले अहिले अनुसन्धान गरिरहेको छ । छानबिनको दायरामा अहिलेसम्म २२ जनालाई ल्याइएको छ भने ३ जना आरोपीको मृत्यु भैसकेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]