Dabali News

कर्णाली ‍प्रदेसको नीति तथा कार्यक्रमः भ्रष्टाचाररहित प्रदेशदेखि जलविद्युतको विकाससम्म, मुख्य ३० बुँदा

१० बैशाख

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । सोमवार प्रदेश प्रमुख दुर्गाकेशर खनालले सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका छन् ।

प्रदेश सरकारले २०७४/७५ तेस्रो चौमासिकको लागि प्रदेश सरकारको १ सय ४६ बुँदे नीति तथा कार्यक्रममा भौतिक पुर्वाधार, पर्यटन र जलविद्युतको विकास गरि कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश निर्माण गर्ने संकल्प लिइएको छ ।

मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शनिवार पेश गरेको स्वीकृत नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । नीति तथा कार्यक्रम आइतबार नै मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख खनाल समक्ष पेश गरेका थिए ।

यस्ता छन् मुख्य २० बुँदा 

१. नेपालको संविधान जारी भएको दोश्रो वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नेपाली जनताले पटकपटक गर्दै आएको ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन लगायत यस प्रदेश स्थापनार्थ भएका आन्दोलनहरुको स्मरण गर्न चाहन्छु । लोकतन्त्रको स्थापनार्थ शहीदहरु तथा बेपत्ता र पीडित नागरिकहरुको त्याग र वलिदानलाई उच्च सम्मान गर्दछु ।

२. कर्णाली प्रदेश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता भएको प्रदेश हो । यस प्रदेशको मौलिक विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांकृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्efवलाई संरक्षण एवं प्रबर्द्धन गर्दै बर्र्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प यस प्रदेशले लिएको छ ।

३. यस प्रदेशभित्र  दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न प्रदेश सरकारले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत साधन र श्रोतको अधिकतम परिचालनद्धारा तीब्र आर्थिक बृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरुको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषण रहित समाजको निर्माण गर्न प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतशिल बनाउँदै समाजबाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने उद्देश्य यस प्रदेशले लिएको छ ।

४. विकासका दृष्टिले पछाडि परेको यस प्रदेशको सन्तुलित, गुणस्तरीय र दिगो रुपमा भौतिक पूर्वाधार विकास गर्ने महत्वपूर्ण जिम्मेवारी यस प्रदेशको सरकारलाई आएको छ । गाउँ गाउँमा सिंहदरबारको नारालाई साकार पार्न प्रदेश सरकारले विकास र स्थानीय सरकारले सार्वजनिक सेवा प्रबाहमा जोड दिनु जरुरी छ । विकासका हिसावले नेपालका अन्य प्रदेश भन्दा पिछडिएको क्षेत्र र पहाडी जिल्ला बढि भएको यस कर्णाली प्रदेश विकासका सम्भावनाका हिसावले अवसर र चुनौती दुबै रहेको प्रदेश हो ।

५. जडिबुटी, कृषि, जलश्रोत र पर्यटन यसका सम्भावना हुन भने यिनको अनुसन्धान, निर्माण र उद्योग स्थापना गर्न त्यतिकै चुनौतिहरु छन । भू—बनोट, सडक, संचार, छिमेकी राष्ट्रसंग सीमा जोडिएका व्यापारिक नाकाहरुको संचालन, कर्णाली कोरिडोरको सहज यातायात व्यवस्थापन, प्रदेश राजधानी र केन्द्रीय राजधानीको सिधा हवाइ उडान नियमित गर्ने, क्षेत्रीय विमानस्थलको सुदृडिकरण र व्यवस्थापन जस्ता चुनौतिलाई अवसरको रुपमा परिणत गरी अगाडि बढ्नु परेकोछ । यस कार्यमा सबै राजनीतिक दल, नागरिक समाज, उद्योग, वाणिज्य र व्यापार क्षेत्रका प्रबुद्ध व्यक्तिहरु, बुद्धिजीवि वर्ग, कानून व्यावसायी र पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ ।

६. यसै सन्दर्भमा प्रदेश मन्त्रिपरिषद्को वैठकद्धारा नै “कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार” भन्ने मूल नारा सहित रारा कर्णाली पर्यटन वर्ष २०७५ मनाउने निर्णय भए बमोजिम मिति २०७५ साल बैशाख १ गते सम्माननीय प्रधानमन्त्रीज्यू बाट रारा कर्णाली पर्यटन बर्ष २०७५ को शुभारम्भ भैसकेको व्यहोरा सम्मानित सदन समक्ष जानकारी गराउन चाहन्छु । यस प्रदेशको प्रमुख उद्योगको रुपमा पर्यटन हो भन्ने तथ्यलाई मनन गरी कर्णाली प्रदेशलाई पर्यटन हवको रुपमा निर्माण गर्ने, कुल ग्रार्हस्थ उत्पादनमा पर्यटनबाट हुने योगदानको हिस्सा बढाउने, लगानी मैत्री बातावरण निर्माण गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा यस प्रदेशको पहिचान गराउने उद्देश्य लिई वि.सं. २०७५ सालभित्र ५ लाख पर्यटक भित्रयाउने लक्ष्य सहित रारा पर्यटन वर्ष २०७५को सचिवालयले आफ्ना क्रियाकलापलाई थालनी गरि सकेको छ । यस अभियानलाई सम्बद्ध सबै पक्षबाट पूर्ण सहयोग हुनेछ भन्ने आशा र विश्वास लिएको छु ।

७. “स्वास्थ्य प्रति जिम्मेवार–समृद्धिको आधार” भन्ने मूल नारा सहित जन जनमा स्वास्थ्यको पहुँच हाम्रो अभियान अन्तर्गत “मेरो बर्ष २०७५ अभियान” कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा यस प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाईमा शुभारम्भ भैसकेको छ । यस अभियानले हरेक नागरिकले आफ्नो व्यवहार परिवर्तन गरेमा स्वस्थ र गुणस्तरीय जीवन बन्ने आशा लिएको छु । यस अभियानलाई सफल पार्ने हामी सबैको कर्तव्य हो । यस महान अभियानमा सबै पक्षको सहयोग र साथ रहनेछ भन्ने आशा लिएको छु ।

८. बर्तमान संविधानको सुन्दर पक्ष मध्ये नागरिकको कर्तव्य संविधानमा व्यवस्था हुनु पनि एक हो । प्रदेश सरकारले हामीलाई के दियो भन्नु भन्दा पनि प्रदेश सरकारले चालेका आर्थिक समृद्धिको आधारहरुलाई सफल पार्न नागरिकको हैसियतले मैले प्रदेश सरकारलाई के सहयोग गरे भनेर मनन गर्न सबैमा अनुरोध गर्दछु । प्रदेश सरकारले लिएका नीति तथा कार्यक्रम हाम्रो साझा कार्यक्रम हो भन्ने भावना प्रत्येक नागरिकले मनन गर्न जरुरी छ । यस कार्यक्रमलाई प्रत्येक नागरिकले आ—आफ्नो स्थानबाट मन, बचन र कर्मले साकार पार्न दत्तचित्त भै लाग्नु पर्ने भएकोछ । जसले गर्दा यस प्रदेशको दीगो शान्ति, विकास र समृद्धिको जनताको आकांक्षा पूरा हुने मार्ग प्रशस्त हुने विश्वास लिएको छु ।

९. कर्णाली प्रदेशको समग्र विकास र समृद्धिको गुरूयोजना  बनाउन विज्ञहरूको एक टिम निमार्ण गरि प्रदेशको समग्र योजनाको खाका सार्वजनिक गरिने छ ।

१०. महिला दलित, जनजाति तथा सिमान्तकृत जाति तथा समुदायहरूलार्इ शसक्तिकरण गर्नका लागि विषेश कार्यक्रम ल्याइने छ ।

११ जनतासँग मुख्यमन्त्रीको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने कार्यक्रमलाई अगाडी बढाईने छ ।

१२. प्रदेश स्तरीय ऐन, कानून तथा नीति निर्माण सम्बन्धी कार्यलाई तिब्ब्रता दिइने छ ।

१३. मानव अधिकारको संरक्षण तथा प्रबर्द्धन गर्ने कार्यक्रम सम्बन्धि नीति नियम तर्जुमा गरिने छ ।

१४. अनियमिता, ढिलासुस्ति र  भ्रष्टाचार नियन्त्रण गरी सुशासन सहितको जनमैत्री शासन ब्यवस्था

अवलम्बन गरिने छ ।

१५. भ्रष्टाचारलार्इ शुन्य सहनसिलताको नीति अवलम्बन गर्दै भ्रष्टाचाररहित प्रदेश बनाइने छ । पारदर्शि, छिटो छरितो, प्रशासन राखि पूर्ण सुशासन कायम गरिने छ ।

१६. प्रदेशस्तरीय मानव संसाधन विकास योजना तर्जुमा र कार्यान्वयनका कार्यक्रम अगाडी बढाइने छ ।

१७. आवश्यक प्रादेशिक आयोगहरू गठन गर्ने कार्यलार्इ अगाडि बढाइनेछ ।

१८. प्रदेशस्तरीय तालिम, नीति तथा मापदण्ड निर्धारण र स्तरीकरण सम्बन्धि कार्य अगाडी बढाइने छ ।

१९. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय तथा मन्त्रालयहरूको संस्थागत सुधार गर्ने कार्यलाई अगाडी

बढाइने छ ।

२०. संचार क्षेत्रलार्इ ब्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कार्यक्रम बनाइने छ ।

 २१. कर्णाली प्रदेशलाई विशेष आर्थिक प्रदेश (SEP) अर्थात कर्णाली प्रदेश भित्र विशेष आर्थिक क्षेत्र (SEZ) घोषणा गरी सञ्चालन गर्न आवश्यक नीति लिइने छ ।

२२. एक पालिका एक घरेलु उद्योगको नीतिअनुसार स्थानीय सीप, प्रविधि र कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगलाई प्रवर्धन गर्ने नीति अबलम्बन गर्ने तथा रोजगारमुखी र उत्पादन मुलक ठुला र मझौला उद्योगहरु जस्तै सिमेण्ट, खनिज, जडिबुटी जस्ता प्रदेशका कच्चा पदार्थ उपभोग हुने उद्योग को स्थापना तथा विकासलाई प्राथमिकता दिईने छ ।

२३. पेट्रोलियम पदार्थको अध्ययन, अन्वेषण र अनुसन्धान गरी उपयोगकालागि आवश्यक योजना बनाईने छ । पहिचान गरिएका औद्योगिक क्षेत्रहरुको पूर्वाधार विकासमा जोड दिइने छ । साथै खाद्यान्न, पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यकीय वस्तुको आवश्यक तथा संकटकालीन मौज्दातको विशेष व्यवस्था गरिने छ ।

२४. स्वदेशी र स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवाको उपभोगलाई प्राथमिकता र प्रोत्साहन दिइने छ ।

२५. सुर्खेतमा अन्तराष्ट्रिय मापदण्डको प्रादेशिक विमानस्थल निर्माणकोलागि संघीय सरकारसंग पहल गरिने छ ।

२६. प्रदेशमा अत्यावश्यक वस्तु तथा सेवाको सहज, सुलभ र नियमित आपूर्तिका लागि सार्वजनिक, सरकारी, निजी तथा सहकारीको सहकार्यको प्रणालीलाई स्थापित गरिने छ । स्वस्थ प्रतिस्पर्धात्मक बजार व्यवस्थालाई प्रोत्साहन गर्न बजारको नियमन र अनुगमनको प्रणालीलाई स्थापितगरि आपूर्ति प्रणालीलाई चुस्त बनाइने छ ।

२७. “समृद्धिका लागि हरित वन” भन्ने नारा सार्थक गर्न वनश्रोतको बहु उपयोग गर्ने नीति लिईने छ । सहभागितात्मक र वनको दिगो व्यवस्थापन गर्ने नीति अवलम्बन गरी सरकारी तथा निजी क्षेत्रलाई वन विकास तथा विस्तारमा संलग्न गराउँदै वनजन्य उद्यमको प्रबर्द्धन, उत्पादनको विविधीकरण र बजारीकरणबाट मूल्यअभिवृद्धि र रोजगारी सिर्जना गरिने छ ।

२८. प्रदेश स्तरमा जल तथा भूमीको उत्पादकत्व वृद्धि गर्न जलाधार क्षेत्रको एकिकृत संरक्षण र व्यवस्थापन गरिने छ ।

२९. जनताको धन, जडीवुटी वन्यजन्तु र वन ” भन्ने नारालार्इ साकार पार्न साथ बन जंगलको संरक्षण र सही उपयोग एवं जडीबुटीको व्यबस्था र प्रशोधनमा जोड दिईने छ । आर्थिकरुपले महत्वपूर्ण जडीवुटी तथा गैरकाष्ठ वन पैदावारको व्यवसायिक खेती, उत्पादन वृद्धि र बजारीकरणलाई प्रोत्साहन गरिने छ । साथै सामुदायिक, कबुलियती, साझेदारी, संरक्षित, धार्मिक लगायतका समुदायद्वारा व्यवस्थित वनलाई आर्थिक र सामाजिक रुपले सक्षम बनाउँदै लाभको न्यायोचित बाँडफाँड गर्ने व्यवस्था मिलाईने छ ।

३०. ‘कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार’ भन्ने नारा साकार गर्न पर्यटन विकास गुरु योजना निर्माण तथा कार्यान्वयन गर्नका लागि मिति २०७५ बैशाख १ गते रारा तालको किनारमा बसेको प्रदेशको रारा क्याविनेटको निर्णय बमोजिम कर्णाली पर्यटन बिकास प्राधिकरण गठन गरिने छ ।

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]