Dabali News

चर्चित गायीका जमुनाको ‘माकुरी’ बजारमा (भिडियोसहित)

९ बैशाख

काठमाडौं । चर्चित लोक गायीका जमुना रानाको नयाँ ‘माकुरी’ गीतको म्यु्जिक भिडियो बजारमा अाएको छ । विभिन्‍न समयमा दर्जनौं गीत – भिडियोबाट लाखौं दर्शक-श्रोताको मन जित्‍न सफल जमुनाको नयाँ गीतको भिडियो हालै सार्वजनिक भएको हो ।

लोक सांगितीक क्षेत्रामा लामो समयदेखि सक्रिय जमुनाको ‘माकुरी’ मा कुमार पुनले साथ दिएका छन् । जमुना र कुमारको स्वर रहेको उक्त गीतको शब्‍द रमेश बिजीको रहेको छ ।

सुजन म्युजिक प्रा.लि.ले बजारमा ल्याएको गीतको म्युजिक भिडियोमा जमुना र रमेश बिजीले अभियन गरेका छन् । खेम सञ्‍चुरीको संगीत रहेको माकुरीमा विनोद बाजुरेलीले संगीत संयोजन गरेका छन् ।

भिडियोको निर्देशन स्मृति तिमल्सिना ‘गुरुअामा’ ले गरेकी छन् भने छायांकन सुरेश श्रेष्ठले गरेका छन् । सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्नुहोस्

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]