Dabali News

दुर्लभ पाटे बाघ २ महिनामा ४ वटा मरे

९ बैशाख

चितवन । रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा आज एउटा दुर्लभ पाटेबाघ मरेको छ ।

राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए ।

बाघ गए राति अर्को बाघसँगै जुधेर मरेको अनुमान छ । बिहान स्थानीयवासी सीता गुरौले घाँस काट्न गएपछि बाघ मरेको देखेर निकुञ्जलाई खबर गरेको बताइएको छ ।

पछिल्लो २ महिनाको अन्तरमा चितवनमा ४ वटा बाघ मरिसकेका छन् । हेर्दा बाघको घाँटीमा अर्को बाघले टोकेको देखिने भएर जुधेर नै बाघ मरेको अनुमान गरिएको बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]