Dabali News

बसमा लुकाएर ल्याएको ९१ लाखको कपडा, २१ लाखको प्रलोभन

२ बैशाख

काठमाडौं । भारतबाट अवैधरुपमा काठमाडौं ल्याइएको ठूलो परिमाणको कपडासहित ३ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुले पत्रकार सम्मेलन गरी बसका चालक सर्लाहीका श्याम विश्वकर्मा, सामान छुटाउन प्रहरीलाई आर्थिक प्रलोभन दिएको आरोप लागेका सुर्खेतकी दीपा राना र नुवाकोटका भरत तामाङलाई सार्वजनिक गरेको हो ।

नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४८४२ नं.को यात्रीवहाक बसमा फल्सबटम बनाई सामान ल्याएको सुराकीको आधारमा स्वयम्भूको चस्मतीबाट प्रहरीले बस र सामान नियन्त्रणमा लिएको हो ।

उनीहरुले बसको छत र सिटको पछाडी फल्सबटम बनाई अवैध रुपमा लत्ताकपडा लुकाएर ल्याएका थिए । प्रहरीले बस र सामान नियन्त्रणमा लिए पनि चालक श्याम विश्वकर्मा भने फरार भएका थिए । पछि उनले प्रहरीलाई सम्पर्क गरी २१ लाख रुपैयाँको आर्थिक प्रलोभन देखाएको प्रहरीले दाबी गरेको छ ।

प्रहरीका अनुसार चालक विश्वकर्मा प्रहरीसामु आउँदा भने तीन लाख ५० हजार रुपैयाँ बोकेर आएका थिए । प्रहरीलाई बुझाउन भनी उनले ल्याएको रकमसहित विश्वकर्मा समातिएका हुन् । उक्त रकम पनि प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले चालक विश्वकर्मा र उनका अरु दुईजना सहयोगीलाईसमेत पक्रन सफल भएको महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी वसन्त लामाले बताए ।

बरामद गरिएको लत्ताकपडाको बजार मूल्य ९१ लाख रुपैयाँ बराबर रहेको छ । पक्राउ परेका तीनै जनाविरुद्ध थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]