Dabali News

कोरियाको चौथो शिखर सम्मेलनका लागि तयारी शुरु

२ बैशाख

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति मून जाए-इनले उत्तर कोरियाली नेता किम जोन–अनसँग चौथो शिखर सम्मेलनका लागि तयारी शुरु भएको बताएका छन् ।

मूनले सोमबार वरिष्ठ सरकारी अधिकारीहरूसँग नियमित छलफलको क्रममा उत्तर कोरियाली नेता किमसँग चौथो शिखर वार्ताका लागि तयारी शुरु भएको बताएका हुन् ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लू हाउसले उक्त जानकारी दिएको छ । यसअघि गत सेप्टेम्बरमा यी दुई नेताबीच तेस्रो सम्मेलनको क्रममा भेटवार्ता भएको थियो ।

सम्मेलनका क्रममा २ कोरियाको हितका लागि मौखिक र लिखित केही सम्झौता भएका थिए । राष्ट्रपति मूनले गत साता गरेको वासिङ्टन भ्रमणको क्रममा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाली नेतासँगको भेटवार्ताका बारेमा छलफल गरेका थिए ।

ट्रम्पसँग वासिङ्टनमा भएको भेटवार्ताको मुख्य उद्देश्य किम र ट्रम्पबीचको दोस्रो बैठक पछि उत्पन्न अनिश्चितता हटाउनका लागि भएको मूनले बताएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]