Dabali News

एक किलो सुनसहित भारतमा नेपाली गिरफ्तार

२ बैशाख

काठमाडौं । नयाँ वर्षको पहिलो दिन आइतबार एक किलो सुनसहित भारतमा एक नेपाली गिरफ्तार भएका छन् ।

रुपन्देही जिल्ला घर भएका धनवन्त कुमार अग्रवाललाई भारतीय सुरक्षाकर्मीले आइतबार एक किलो सुनसहित पक्राउ गरेको हो ।

उनलाई नेपाल-भारत सीमा स्तम्भ नजिकैबाट पक्राउ गरिएको जनाइएको छ । स्कुटरमा सवार उनलाई भारततर्फ जाँदै गरेको अवस्थामा रोकेर चेक जाँच गर्दा उनको साथबाट सुन बरामद भएको हो ।

उनलाई भारतको नौतनवास्थित राजस्व कार्यालयमा बुझाइएको भारतीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]