Dabali News

काँग्रेसको समीक्षा बैठक आज बस्दै

७ बैशाख

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने बताइएको छ ।

गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते पार्टीका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित गरिएको थियो ।

यसअघि ६ दिनसम्म चलेको बैठकमा ४४ जना केन्द्रीय सदस्यले निर्वाचनमा पार्टीको हारका सम्बन्धमा आफ्ना धारणा राखेका थिए ।
बैठकले पार्टीको महासमिति, मिति र स्थान तोक्नुका साथै केन्द्रीय समितिमा रिक्त पदाधिकारी र सदस्यको नियुक्तिको निर्णय गर्ने छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]