Dabali News

३० थान अवैध भरुवा बन्दुक बरामद

२ बैशाख

धदिङ । उत्तरी धादिङको विभिन्न क्षेत्रबाट ३० थान भरुवा बन्दुक बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको सक्रियतामा जिल्लाको रुवीभ्याली, गंगाजमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट बरामद गरिएको हो ।

कार्यालयले सञ्चालन गरेको ३५ दिने ‘अवैध हातहतियार संकलन घरदैलो अभियान’ अन्तर्गत सचेतनामलक कार्यक्रमको आयोजना गरी संकलन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलय धादिङमा ल्याइएका ३० थान भरुवा बन्दुक गत चैत्र २२ गतेपछि संकलन भएका हुन् । यसअघि गत चैत्र २१ गते उत्तरी धादिङको खनियावास गाउँपालिकाबाट मात्रै १६ थान भरुवा बन्दुक संकलन गरिएको थियो ।

संकलन भएका भरुवा बन्दुकहरुमा रुवीभ्याली गाउँपालिकाबाट १० थान, खनियाबास गाउँपालिकाबाट १६ थान र गंगाजमुना गाउँपालिकाबाट ४ थान रहेका छन् ।

संकलन भएका सबै भरुवा बन्दुक स्थानीयबासीहरुले स्वतस्फूर्त नजिकको प्रहरी चौकीमा बुझाएका हुन् । गाउँ गाउँमा रहेका अवैधानिक हातहतियार खोज्ने अभियानकै लागि प्रजिअ पाण्डेयकै नेतृत्वमा शसस्त्र प्रहरी जिल्ला हेडक्वाटर धादिङवेशी र नेपाल प्रहरीको संयुक्त टोली केही समयअघि उत्तरी धादिङ गएका थिए ।

गृह मन्त्रालय मार्फत प्रशासन र प्रहरीले व्यक्ति विशेषले राखेका अवैध हतियार बुझाउन सार्वजनिक सूचना जारी गरिसकेको छ । सार्वजनिक सूचना बेवास्ता गरी अवैध रूपमा विस्फोटक पदार्थ र हतियार राखेको भेटिए हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही गरिने प्रशासनले जनाएको छ ।

संकलन गरिएका बन्दुकमध्ये धेरैजसो बन्दुक हाल प्रयोग गरिरहेको अवस्थामै रहेको प्रहरीले जनाएको छ। धादिङको उत्तरी क्षेत्र सुरक्षा संवेदनशीलताको हिसाबले सवैभन्दा बढी असुरक्षित क्षेत्र मानिन्छ ।

पटक-पटक व्यक्ति हत्यासमेत भएको उत्तरी धादिङमा गत स्थानीय निर्वाचनपछि मात्रै प्रहरीले खनियाबाँस र गंगाजमुनाबाट ३ अमेरिकन स्वचालित रिभल्वर र गोली बरामद गरी ६ जना माथि मुद्दा चलाएको छ ।

उत्तरी धादिङमै पछिल्लो एक दशकमा स्थानीय युवाहरुबीच भएका विभिन्न घटनामा ७ जनाको हत्या भएको छ भने ती घटनामा संलग्न ३० जना धादिङ कारागारमा रहेका छन् । त्यस्तै जिल्ला अदातलले सजाय तोकेका १० जना व्यक्तिहरू फरार छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]