Dabali News

नेपाली स्रष्टाहरुको टोली बङ्गलादेश जाँदै

७ बैशाख

काठमाडौँ । नेपाल स्रष्टा समाजको साहित्यिक टोली अर्को हप्ता बङ्गलादेश भ्रमणमा जाने भएको छ ।

बगङ्लादेशको राजधानी ढाकामा यही बैशाख १५ र १६ मा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक एवं सांस्कृतिक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन टोली बगङ्ला देश जाने भएको छ ।

बङ्गलादेश-नेपाल मैत्री संघको मैत्रीपूर्ण निमन्त्रणामा जान लागेको टोलीमा समाजका अध्यक्ष पवन आलोक, वरिष्ठ साहित्यिक पत्रकार एवं नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा, समाजका सदस्यहरू सरस्वती शर्मा, नवराज पुडासैनी, वरिष्ठ कवि मञ्जुल, साहित्यकार सुस्मिता नेपाल रहेका छन् ।

नेपाल स्रष्टा समाज र बङ्गलादेशका साहित्यिक संस्थाहरूबीच १० वर्षदेखि साहित्य तथा सांस्कृतिक आदानप्रदानका विषयमा सहकार्य हुँदै आएको छ । यसअघि पनि यसप्रकारका भ्रमणहरू सम्पन्न भइसकेका छन् भने नेपाली साहित्यलाई बंगाली भाषा र बंगाली साहित्यलाई नेपाली भाषामा अनुवाद गरी विभिन्न साहित्यिक कृति पनि प्रकाशित भएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]