Dabali News

खोटाङमा चट्याङले विद्युत अवरुद्ध

२ बैशाख

काठमाडौं । खोटाङमा चट्याङले लघु जलविद्युत योजनामा क्षति पुग्दा खोटाङको खिदिमामा विद्युत अवरुद्ध भएको छ ।

शनिबार दिउँसो पानीसँगै परेको चट्याङले साकेला गाउँपालिका-३ खिदिमास्थित बोपुङमा सञ्चालित तावाखोला तेश्रो लघु जलविद्युतको पावर हाउसमा क्षति पुग्दा विद्युत अवरुद्ध भएको हो ।

लघु जलविद्युत योजनाको उपकरण बिग्रिएपछि खिदिमा, मात्तिमको माथिल्लो भाग र छितापोखरी बास्थलाका २५२ घरधुरी अध्याँरोमा बस्न बाध्य भएका छन् ।

चट्याङका कारण लघु जलविद्युत योजनाको करिब १ लाख ५० हजार बराबरको उपकरणमा क्षति पुगेको छ ।

लघु जलविद्युतको एलसी बोर्ड २ थान, एमसीभी २ थान, लाईटिङ टेष्टर १५ थान, मल्टीप्लग २ थान, टिभी १ थान र डिसहोम सेट १ थान नष्ट भएकोे तावाखोला तेश्रो लघु जलविद्युतका अध्यक्ष लोकप्रसाद राईले जानकारी दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]