Dabali News

स्वतन्त्रता भएको ५० वर्ष पुरा, स्वाजील्याण्डको नाम परिवर्तन

७ बैशाख

काठमाडौँ । अफ्रिकी मुलुक स्वाजील्याण्डको नाम परिवर्तन भएको छ ।

राजा मस्वाती तृतीयले देशको नाम परिवर्तन भएको घोषणा गरेका छन् । देशको नाम परिवर्तन गरेर ‘द किंगडम अफ इस्वातिनी’ राखिएको घोषणा गरे ।

देश स्वतन्त्रताको ५० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा नाम बदलिएको अप्रत्याशित घोषणा गरेका हुन् । इस्वातिनीको अर्थ स्वाजीहरुको भूमि भन्ने हो । राजा मस्वातीले देशको नाम परिवर्तनको घोषणा अहिले गरे पनि उनी यसअघि नै स्वाजील्याण्डलाई इस्वातिनी नै भन्ने गर्दथे ।

सन् २०१७ मा संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दा, सन् २०१४ मा संसदको उद्घाटन गर्दा पनि उनले यही नामले सम्बोधन गरेका थिए । देशको नाम फेरिएकामा रुष्ट बनेकाहरु भने राजाको ध्यान देशको नाम फेर्नेतिर भन्दा मुलुकवासीको विकास र सम्मृद्धिमा जानुपर्ने टिप्पणी गरेका छन् ।

सोभुजा द्वितीयका छोरा राजा मस्वातीका १५ वटी श्रीमती छन् । ८२ वर्षको उमेरसम्म शासन गरेका मस्वातीका बाबुको भने १२५ श्रीमती थिए । बेलायत अधिनस्थ यो मुलुक सन् १९६८ मा स्वतन्त्र भएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]