Dabali News

साहित्यकार ‘रसुवाली कवि’ गिरफ्तार

२ बैशाख

काठमाडौं । रसुवाली कविका नामले परिचित साहित्यकार ठाकुर प्रसाद तिमिल्सिनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

विप्लव नेतृत्वको नेकपामा आस्था राखेकै कारण प्रहरीले सोमबार तिमिल्सिनालाई बालाजुबाट गिरफ्तार गरेको हो ।

कालिका गाउँपालिका ३ का तिमिल्सिना काम विशेषले काठमाडौं आएको बेला काठमाडौं महागरपालिका १६ बालाजुको हिले गाउँबाट प्रहरीले गरेको परिवारले जनाएका छन् ।

तिमिल्सिनालाई शसस्त्र प्रहरीको टोलीले महानगरीय प्रहरी वृतलाई बुझाउन लागेको छ ।
यसैबीच १५ कवि तथा साहित्यकारले गिरफ्तारीको विरोध जनाएका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली प्रगतिशील साहित्यक सांस्कतिक आन्दाेलनमा लामाे समयदेखि क्रियाशिल रसुवाली कविकाे गिरफ्तारीकाे सर्वथा भत्सर्ना गर्दै तत्काल निसर्त रिहाइकाे आह्वान गरका छन् ।

कविकाे गिरफ्तार सरकारकाे तानाशाही यात्राकाे थप एक कदमकाे भएकाे भन्दै उनीहरुले कविकाे अवस्था तत्काल सार्वजनिक गरी उनिमाथी कुनैपनि प्रकारकाे मानवअधिकार उल्लघंन हुनेगरि कुनै व्यवहार नहाेस् भन्दै ध्यानाकर्षण समेत गरएका छन् ।
विज्ञप्तिमा कवि तथा सहित्यकार ज्वालामुखी लामिछाने,ह्यायुक अज्ञात, राजन मुकारुङ ,गणेशकुमार राई, मनिस खड्का, राजु स्याङ्तान, लाेक लामा,श्याम शाह, गाैतम राई, नविन विभाष तथा सिमर, चन्द्रविर, गुरुङ सुशान्त, प्रविणा काेयू र विनाेद लोहनीले हस्ताक्षरित गरेका छन् ।

आस्थाकै भरमा गिरफ्तारीमा पर्नुपर्ने याे अवस्थामा अभिव्यक्ती स्वत्रन्त्रता केवल देखाउने दाँत भएकाे छ र सरकार अभिव्यक्ती स्वत्रन्त्रतालाई कुन्ठित गर्ने दत्तचित्त भएर लागेकाे याे घटनाले पुष्टी भएको विज्ञप्तिमा भनिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]