Dabali News

तीर्थयात्री सवार बस दुर्घटना, ७ जना घाइते

७ बैशाख

पर्वत । कुश्मा नगरपालिका वडा नं. ८ चुवामा आज बिहान बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

काठमाडौंबाट तीर्थयात्री लिएर मुस्ताङको मुक्तिनाथ जाँदै गरेको बा ४ ख ५७८८ नं.को बस बिहान साढे ४ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा भक्तपुर चाँगुनारायण नगरपालिका-१० का ६५ बर्षीय लिलानाथ पुडासैनी, ६० बर्षीय माया पुडासैनी, काठमाडौं महानगरपालिका-१६ की ३८ वर्षिय उर्मिला उप्रेती, ४३ वर्षिय अनन्त उप्रेती, ३६ वर्षीय बिन्दा लोहनी, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-६ का २४ बर्षीय सुदर्शन कार्की र मुस्ताङको छुसाङ गाउँपालिका ४ की १५ वर्षीय स्नेहा गुरुङ रहेका छन् ।

घाईते सबैको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैजसोको गर्धन र हातखुट्टामा चोट लागेको प्रहरीले बताएको छ । २६ जना यात्रु सवार गाडीमा चालकलाई निद्रा लागेका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]