Dabali News

आजदेखि शेयर किन्नेलाई प्यान अनिवार्य

२ बैशाख ।

काठमाडौं । बजारमा ५ लाख रुपैयाँ भन्दा धेरैको शेयर किन्नेलाई आज (सोमबार)देखि स्थायी लेखा नम्बर अर्थात प्यान अनिवार्य भएको छ ।

धितोपत्र बोर्डले एक पटकमा ५ लाख वा त्योभन्दा बढीको शेयर किन्ने ब्यक्तिलाई प्यान नम्बर अनिवार्य गरेको हो ।

पहिलो चरणमा एकै कारोबारमा ५ लाख वा त्यो भन्दा बढी कारोबार गर्नेलाई प्यान नम्बर अनिवार्य गरिएको र त्यो भन्दा कमको कारोबार गर्ने ग्राहकले पनि ऐच्छिक रुपमा प्यान नम्बर बुझाउन सक्ने बोर्डले जनाएको छ ।

साना लगानीकर्तालाई प्रोत्साहित गर्न ५ लाखभन्दा कमको कारोबारमा भने प्यान अनिवार्य नगरिएको बोर्डले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]