Dabali News

लमजुङमा जीप दुर्घटना एक जनाको मृत्यु

२ बैशाख

काठमाडौं । लमजुङको दूधपोखरी गाउँपालिका-३, फुलिङगिरीमा जीप दुर्घटना भएको छ ।

दूधपोखरी गाउँपालिका-१, कल्लाबारीबाट बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ६८९० नम्बरको जीप आइतबार मध्यान्ह १२ बजे लाङ्दीखोलामा दुर्घटना भएको थियो ।

२१ जना सवार रहेको जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । घाइते भएकी दूधपोखरी गाउँपालिका-१, कल्लाबारीकी २६ वर्षिय गोमाया गुरुङको स्थानीय गौँडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार जीप दुर्घटनामा परि घाइते भएका १६ जनाको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार गराएका ४ जना घाइते भने घर फर्किएका छन् । कच्ची बाटो, क्षमताभन्दा बढी यात्रु रहेका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]