Dabali News

कुरा प्रष्टै छ, ओलीले दबाब झेल्‍न नसके एकता हुँदैनः गजुरेल

७ बैशाख

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एकता प्रक्रिया सकारात्मक मोडमा जान नसकेको बताएका छन् । नेता गजुरेलले ओली भन्दा पहिले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका शक्तिहरुले ओलीमाथि एकता नगर्न दबाब दिइरहेको बताए । उनले ती शक्ति को हुन् भन्नेबारे केही बताएनन् ।

केही संचारमाध्यमहरुसँगको कुराकानीमा नेता गजुरेलले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दबाब झेल्न सकेमात्रै एकता हुने प्रष्ट भएको दाबी गरेका छन् । “ती शक्तिले प्रधानमन्त्री बनेपछि केपी ओलीमाथि दबाब दिएका छन् । त्यो दबाब उहाँले झेल्न सक्नु भयो भने एकता अघि बढ्छ, पछाडि हट्नु भयो भने एकता हुँदैन कुरा प्रष्ट छ” नेता गजुरेलले भने । यदि एकता नभए ओली मुख्य दोषी हुने घुमाउरो भाषामा भन्दै गजुरेलले प्रचण्डले उनीहरुको प्रस्ताव अस्वीकार गरेर एकतालाई जोगाएको पनि दाबी गरे ।

दुबै पार्टीको समान हैसियता एमालेले स्वीकार गर्न नसक्दा एकता घोषणा पछि धकेलिएको नेता गजुरेलको भनाई छ । एकता महाधिवेशनपछि पार्टी वा सरकारको नेतृत्वमध्ये एउटा प्रचण्डले पाउनु पर्ने माके नेताहरुको भनाई छ । “केपी ओली एउटा भूमिकामा हुँदा प्रचण्ड अर्को भूमिकामा रहने कुरा स्वततः छ । पहिलो महाधिवेशनसम्म त्यही हुन्छ” नेता गजुरेलले भने ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]