Dabali News

केन्याको बारमा प्रहरीले छापा मार्दा १२ नेपाली युवती उद्धार

२ बैशाख

काठमाडौं । केन्याको मोम्बासा भन्ने सहरबाट १२ नेपाली युवतीलाई प्रहरीले छापा हानी नियन्त्रणमा लिएको छ ।

मोम्बासको न्याली क्षेत्रको एक बारमा प्रहरीले छापा मारेको थियो । प्रहरीको लामो अनुसन्धानपछि यौन धन्दा तथा मानव तस्करीमा संलग्न गिरोहलाई समाउन सफल भएको त्यहाँको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा-लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाई छ । किन र कसरी ती नेपाली चेलीहरू त्यहाँ पुगे भन्ने विषयको अनुसन्धान भइरहेको केन्या प्रहरीले जनाएको छ ।

प्रहरीले बारका सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ बार सञ्चालकसँग क्यानाडेली राहदानी भए पनि उनी क्यानेडियन नभएको प्रहरीले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]