Dabali News

रात्रिक्लब बाहिर गोली चल्दा एकको मृत्यु, १ जना गम्भीर घाइते

२ बैशाख

काठमाडौं । अस्ट्रेलियाको लोकप्रिय रात्रिक्लब बाहिर गोली चल्दा एक सुरक्षा गार्डको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

प्रहरीले आइतबार बिहानीपख मेलबर्नस्थित लभ मेसिन रात्रिक्लब बाहिर भएको गोलीकाण्डमा ४ जनामाथि गोली लागेको जनाएको छ ।

गोली लागेकामध्ये ३ जना सुरक्षा गार्ड रहेका रेहका छन् । रात्रिक्लब बाहिर रमाइलो गरिरहेका व्यक्तिमाथि सडकमा रोकिराखेको कारबाट गोली प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भिक्टोरिया प्रहरी अधिकृत एन्ड्रु स्टाम्परले भने, “यो निकै भयानक कार्य हो । यो व्यस्त रात्रिक्लब हो, मेलबर्नको मुख्य मनोरञ्जन क्लब पनि हो ।” गोली लागेका ३७ वर्षिय सुरक्षा गार्डको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

अर्का २८ वर्षिय व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर छ भने २९ वर्षिय ५० वर्षिय अरु २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

एक जना प्रहरी प्रवक्ताले यो गोलीकाण्ड आतंकवादसँग सम्बन्धित नदेखिएको बताएका छन् । अनुसन्धाताहरुले मोटरसाइकलमा हिँडेको अराजक झुण्डले गोली चलाएको आशंका गरेको छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

गत मार्चमै मेलबोर्नमा भएको गोलीकाण्डमा ५ जनाको ज्यान गएको थियो । अस्ट्रेलियामा ठूलो जनसमूहमाथि गोली चलाउने प्रवृत्ति हालसम्म देखिएको छैन ।

पोर्ट आर्थरमा एक जना बन्दुकधारीले ३५ जनाको निर्मम हत्या गरेपछि सन् १९९६ देखि अस्ट्रेलियामा बन्दुकसम्बन्धी कठोर कानुन ल्याइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]