Dabali News

नेपालले मलेसियालाई आईसीसी यू-१९ वर्ल्डकप छनोटमा जित्यो

२ चैत

काठमाडौं । आज (सोमबार) क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई नेपालले सजिलै ८ विकेटले हराएको छ ।

नेपालले आईसीसी एसिया यू-१९ वल्डकप छनोटको नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै पछ्याएको थियो ।

नेपालले १३ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाउँदै खेल जितेको हो । नेपालका लागि रित गौत्तम ३९ रन बनाएर नटआउट रहे भने आरिफ सेखले २६ रन जोडेका हुन् ।

पहिले ब्याटिङ गरेको मलेसियाले ३३.५ ओभरमा अलआउट हुन अगाडि ९२ रन मात्र बनाउन सक्यो। घरेलु टिमका लागि ड्यानिएल फिग्रीले सर्वाधिक ३७ रन बनाए ।

अरू ब्याट्सम्यानले खासै गतिलो योगदान दिन सकेनन् । नेपाली बलरमध्ये पवन सर्राफ र कुशल मल्लले ३-३ विकेट लिए । सर्राफले कसिलो बलिङ गर्दै ८.५ ओभरमा १३ रन र कुशलको ८ ओभरमा २० रन बनाए ।

प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । नेपाल पछिल्लो खेलमा भने यूएईसँग पराजित भयो । वर्षाले प्रभावित खेलमा नेपाल दुर्भाग्यपूर्ण रूपमा डकवर्थ लुइस नियमले पराजित भएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]