Dabali News

किमजोङले दिए ट्रम्पलाई वार्ताको अन्‍तिम मौका, वार्तामा नभए क्षेप्यास्त्र

२ बैशाख

काठमाडौं । उत्तर कोरियाका नेता किमजोङ उनले अमेरिकासँग तेस्रो चरणको वार्ता गर्न तयार भएको बताएका छन् । उनले त्यसको लागि अमेरिकाले सही दृष्टिकोण वा मनोवृत्ति राख्नुपर्ने बताए ।

बिरलै मात्र जार गरिने उनको वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो वार्ताका लागि तयार हुने बताइएको छ । जारी वक्तव्यमा अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौताका आधारहरु पारदर्शी र आपसी रुपमा स्वीकार्य बनाए आफू वार्ताका लागि तयार रहेको उल्लेख छ ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले किमले दुवै देशलाई हित हुनेखालको मनसायसहितको वार्ताका लागि आफू तयार बताएको समाचारमा सम्प्रेशण गरेको छ ।

यो ट्रम्पको लागि यो अन्तिम मौका भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले विश्लेषण गरेका छन् । यदि ट्रम्प वार्ताको लागि तयार नभए उत्तर कोरियाले

किम र ट्रम्पबीच पहिलो पटक गत वर्ष सिंगापुरमा भेटवार्ता भएको थियो । यदि ट्रम्प वार्ताको लागि तयार नभए उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गर्न सक्ने बताइएको छ ।

भियतनाम भएको दोस्रो चरणको वार्तामा ट्रम्प उत्तर कोरियामाथिको नाकाबन्दी फिर्ता गर्न तयार नभएपछि सहमती सम्पर्क टुटेको थियो । उत्तर कोरियाले जिम्मेवार बन्दै फेरि वार्ताको कुरा अगाडि सारेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]