Dabali News

रामारोशन गाउँपालिकाकी उपाध्यक्ष रावलको नयाँ वर्षः मुजाबगरमा सरसफाइको अगुवाई

१ बैशाख

अछाम । नयाँ वर्ष २०७६ लाई सबै नेपालीले आ–आफ्नै शैलीमा र औकातमा मनाइरहेका छन् । कसैले नयाँ ठाउँ घुमिरहेका छन्, कसैको परिवार जमघट भएर । कोही विदेश भ्रमणमा छन् भने कोही नेपालमै महंगा होटलको कोठा बुक गरेर नयाँ वर्ष मनाइरहेका छन् ।

नेपालका पर्यटकीय स्थलहरुमा त जाम नै छ । कसैले बास र गाँस नै नपाएर फर्किएका समाचार सामाजिक संजालमा र संचारमाध्यमहरुमा आइरहेका समाचार छन् । तर, अछामको रामारोशन गाउँपालिकाकी उपाध्यक्षले भने अलि फरक तरिकाले नयाँ वर्ष मनाएकी छन् ।

नयाँ वर्षको अबसरमा उपाध्यक्ष सरस्वती रावलले सरसफाईको अगुवाई गरेकी छन् । गाउँपालिकाको कार्यालय रहेको मुजाबगर बजार क्षेत्रमा उपाध्यक्ष रावलको अगुवाईमा आइतबार विहान सरसफाई गरिएको छ ।

रामारोशन गाउँपालिकालाई पूर्ण सरसफाई गाउँपालिका बनाउने अभियानलाई नयाँ वर्षमा पनि निरन्तरता दिने सन्देशसहित नयाँ वर्षको अबसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष रावलले बताइन् ।

चैत्र २८ गते गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउन ‘अध्यक्ष सरसफाई तथा स्वच्छता कार्यक्रम’ को उद्घाटन गरिएको थियो । सोही कार्यक्रमलाई नयाँ वर्षमा पनि निरन्तरता दिन र नयाँ वर्षको नाममा ठूलो खर्च गर्नुको साटो केही रचनात्मक कार्य गर्नुपर्छ भन्ने सन्देश दिन सरसफाई कार्यक्रम गरिसएको बताइएको छ ।

“नयाँ वर्षको नाममा समय र पैसाको बर्बाद गर्नुको साटो आफ्नै गाउँघरको आवश्यकताअनुसार रचनात्मक कार्य गर्नुपर्छ । त्यही सन्देशसहित गाउँपालिकाले उद्घाटन गरेको कार्यक्रमलाई नयाँ वर्षमा झन् तीब्र रुपमा अगाडि बढाउने प्रतिबद्धताको लागि पनि यो सरसफाई कार्यक्रम गरिएको हो” उपाध्यक्ष रावलले अनलाइन डबलीसँग भनिन् । उनले आफूहरु जनताकै सेवामा रहेको समेत बताइन् ।

उपाध्यक्ष रावलको अभियानलाई स्थानीयले साथ दिएका थिए । बजार क्षेत्रमा जम्मा भएको फोहोर र झारपात उखेलेर फालिएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]