Dabali News

क्रिकेट प्रेमीलाई खुशीको खबरः क्यानको निलम्बन हट्‍ने

७ वैशाख

काठमाडौं । नेपाली क्रिकेट प्रेमीको लागि खुशीको खबर छ । नेपाल क्रिकेट संघ (क्यान)को विधान निर्वाचित क्यानले हुबहु पारित गरेसँगै अाइसीसीले दुई वर्षदेखि गरेको क्यानको निलम्बन हट्ने सम्भावना बढेको हो ।

बिहीबार काठमाडौंमा भएको निर्वाचित क्यानको विशेष साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले प्रदान गरेको सल्लाहकार समितिले बनाएको प्रस्तावित विधान मस्यौदालाई हुबहु पारित गरेको हो ।

सो विधान पारित भएपछि आइसीसीको आगामी जुलाईमा हुने वार्षिक साधारणसभाले क्यानमाथि लागेको निलम्बन खुलाउनसक्ने सम्भावना बढेको छ ।

क्यानको साधारणसभामा ३९ जिल्ला र क्यानका निर्वाचित १५ पदाधिकारीसँगै आइसीसीका प्रतिनिधि सहभागी थिए ।

गत भदौमा क्यानको पछिल्लो विशेष साधारणसभाले सल्लाहकार समितिको प्रस्तावित विधान संशोधन गरेपछि आइसीसीले त्यसलाई राजनीतिक हस्तक्षेप भन्दै अस्वीकार गरेको थियो ।

योपटकको साधारणसभाले विधान हुबहु पारित नगरेको भए नेपालको निलम्बन फुकुवा हुनुभन्दा पनि सदस्यता नै खारेज हुने सम्भावना थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]