Dabali News

नियुक्तिपत्र लिन गरेका शिक्षक बुढामगर गिरफ्तार, परिवारद्वारा रिहाईको माग

१ बैशाख

पाल्पा । शिक्षक सेवा आयोगबाट पास भएर नियुक्तिपत्र लिन जाने क्रममा एक जना शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पाल्लाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको कुवारी आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक विजय बुढामगरलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको परिवारले जनाएका छन् । शिक्षक सेवा आयोगबाट लिइएको आन्तरिक परीक्षामा उत्तीर्ण भएका बुढामगरलाई शिक्षा एकाइ समन्वय समिति पाल्पाको कार्यालयमा नियुक्तिपत्र लिने क्रममा प्रहरीले गिरफ्तार गरेको थियो ।

विप्लव नेतृत्वको नेकपा निकटको शिक्षक संगठन पाल्पाका अध्यक्ष भएको आरोपमा प्रहरीले बुढामगरलाई प्रहरीले गिरफ्तार गरेको हो । पाल्पा प्रहरीले सदरमुकाम तानसेनबाट बुढामगरलाई गिरफ्तार गरेको थियो ।

शिक्षक बुढामगरलाई नेकपालाई सहयोग गरेको आरोपमा झुटा मुद्दा लगाएको परिवारले बताएका छन् । रिहाईको पहल गरिदिन परिवारले अपील गरेका छन् । हाल बुढामगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]