Dabali News

नयाँ वर्षमा कैलाली पुगेर देउवाले भने-ओली गफ मात्रै गर्छन, कामको सिन्को भाँच्दैनन्

१ बैशाख

कैलाली । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले गफ धेरै गर्ने तर जनताको कामको सिन्को नभाँचेको बताएका छन् । नयाँ वर्ष मनाउन कैलाली पुगेका देउवाले सरकारले रातारात महंगी बृद्धि गरेर जनताको ढाड सेकाउनमा तल्लिन रहेको बताएका छन् ।

सभापति देउवाले अहिलेको दुई तिहाई सरकारले हत्या हिंसाजस्ता जंघन्य अपराधिक कृयाकलापलाई कानुनको दायरामा नल्याएर जग हसाँएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आइतबार विहान धनगढीमा बोल्दै सामान्य काम गरेर खाने नेपालीहरुलाई करको भार थोपर्ने काम अहिलेको सरकारले गरिरहेको बताए ।  भन्दै सभापति देउवाले गफ मात्रै गर्ने तर कामको सिंको नभाँच्ने प्रबृत्तिमा अहिलेको सरकारमा रहेको आरोप लगाए ।

सरकारका गलत कामहरुको बारेमा नेपाली काँग्रेसले सदन र सडकबाट खबरदारी गरिरहेको देउवाले बताए । उनले ओली नेतृत्वको सरकार अब धेरै दिन नटिक्ने दाबी समेत गरे ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]