Dabali News

नयाँ वर्षमा प्रधानमन्त्रीको सम्बोधनः भ्रष्टाचारविरुद्धको लडाइँले लामै समय लिन्छ 

१ वैशाख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशबासीको नाममा सम्बोधन गरेका छन् । आइतबार विहानै सम्बोधन गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको लडाइँ चुनौतीपूर्ण भएको बताउँदै यसले लामै समय लिने बताए ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको लडाइँ चुनौतीपूर्ण रहेपनि जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचार उन्मूलन गरेरै छाड्ने उनले प्रतिबद्धता जनाए । ”हामीलाई थाहा छ, भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिवद्ध छु” प्रधानमन्त्री ओलीले भने । ओलीले सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन थालेको दाबी समेत गरे ।

प्रधानमन्त्रीले ओलीले घरजग्गा कारोबार, नक्कली भ्याट बिल प्रकरण, संगठित तस्करीलगायतका अनुचित कामको छानबिन भइरहेको बताउँदै जालझेल गरी कब्जा गरिएका सरकारी जग्गा धमाधम फिर्ता गर्न लागिएको पनि बताए ।

प्रधानमन्त्री ओलीले आफू हरेक दिन सामान्यतः विहान ६ बजेदेखि राति १२ बजेसम्म आफू सक्रिय रहेको जानकारी पनि दिए ।
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्री ओलीले वितेको बर्षमा मुलुकले राजनीतिक रुपले महत्वपुर्ण उपलब्धि हासिल गरेको बताए । सिके राउतसंग भएको राजनीतिक सहमति निकै महत्वपुर्ण भएको दाबी समेत गरे ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]