Dabali News

आइसीसी यु १९ विश्वकप छनोटमा नेपाल युएईसँग पराजित

३० चैत

काठमाडौं । आइसीसी यू १९ विश्वकप छनोटमा नेपाल युएईसँग १ रनले पराजित भएको छ ।

पहिलो खेलमा सिंगापुरमाथि जित निकालेको नेपालले दोश्रो खेलमा युएईसँग पराजित बनेको हो ।

शनिबार भएकोे खेल वर्षाले प्रभावित बनाएपछि नेपाल डिएल मेथडबाट १ रनले पराजित भएको हो ।

शनिबारको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २४७ रन बनाएको थियो । २४८ रनको चुनौती पछ्याउने क्रममा युएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाउँदा वर्षाले खेल प्रभावित थियो ।

त्यसपछि खेल सुचारु हुन सकेन । नेपालका लागि हरिबहादुर चौहानले सर्वाधिक ६७ रनको योगदान दिए भने भीम सार्कीले ५३ रन तथा ओपनर रित गौतमले ४४ रनको योगदान दिए ।

त्यस्तै आशिफ शेखको २७ रन, कप्तान रोहित पौडेलको १८ रन तथा पवन सर्राफको १२ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । अर्कोतर्फ युएईका लागि अंस टण्डनले ५४ रन तथा विरुत्त अरविन्दले ४७ रनको महत्वपूर्ण योगदान दिए ।

नेपालको बलिङमा कमलसिंह ऐरी र सागर ढकालले समान १-१ विकेट लिए । प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, युएई, कुवेत, ओमान र सिंगापुर सहभागी छन् ।

नेपालले तेस्रो खेल मलेसियासँग वैशाख २ गते खेल्दै छ भने चौथो खेल ओमानसँग वैशाख ३ गते र अन्तिम खेल कुवेतसँग वैशाख ५ गते खेल्नेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]