Dabali News

सरकारको ध्यान विकास र समृद्धिमा केन्द्रीत, बलियो जग हाल्ने काम हुँदै

३० चैत

लहान । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको बताएका छन् ।

“मुलुकको समग्र विकास र समृद्धिका लागि सरकारले जग बलियो बनाउन लागेको छ, जग बलियो भएपछिमाथि जस्ता हाल्ने काम हुँदै गर्छ”, शुक्रवार साँझ लहानमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा भने,“कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको काम तीव्ररूपमा सरकारले अघि बढाएकाले अबको ५ वर्षभित्र मुलुकमा ठूलो आर्थिक रुपान्तरण हुन्छ ।”

सरकारका प्रवक्तासमेत रहेका उनले संघीयता कार्यान्वयन र कानून निर्माणमा वर्तमान सरकार सफल भएको बताउँदै मुलुक समृद्ध बनाउने सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरु अहिले अत्तालिएको धारणा व्यक्त गरे ।

उनले भने,“ती शक्तिलाई एक त हाम्रो दुईतिहाइ भएको पचेको छैन भने अर्कोतिर सरकारले गरिरहेको राम्रो काम मन पराएको छैन, त्यसैले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सरकारको आलोचना गरिरहेका छन् ।”

“त्यस्ता आलोचनाप्रति सरकारले ध्यान दिएको छैन, सरकारको ध्यान केबल अहिले विकास र समृद्धिमा केन्द्रीत रहेको छ”, उनले भने, “सरकार र आफ्नो पार्टीले सामाजिक रुपान्तरण र समृद्धिको योजना अघि सारेर त्यसै अनुरुप काम कारवाही अगाडि बढाएको छ ।”

उनले कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गराएर अघि बढ्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै वैज्ञानिक, पारदर्शी र वस्तुनिष्ट तरिकाबाट नागरिकता वितरण गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको बताए ।

कृषि र पर्यटनको विकासले मात्र समृद्ध नेपाल र सुखी नेपालीको सरकारी नारा सार्थक हुने भएकाले कृषि क्षेत्रमा देखिएको परनिर्भरता अन्त्य गर्नुपर्ने बताउँदै उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने गरी सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने धारणा व्यक्त गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]